समाचार

मस्तिस्क पक्षघात भएका वालवालिकाका अभिभावकलाई खाद्यान्न वितरण

पोखरा ४ वैशाख । युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकालाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ । मस्तिस्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथि संसार नेपालमा आवद्ध रहेका २० जना अभिभावकलाइ युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथि संसार नेपालको कार्यलयमा पुगी उक्त संस्थामा आवद्ध रहेका २० जना मस्तिस्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाका… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सम्पन्न, अनलाईन पत्रकारितालाई मर्यादित वनाउनुपर्नेमा जोड

पोखरा ४ वैशाख । पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए । अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराउनुभएको थियो ।तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत… पुरा पढौ

वायु प्रदुशणमा कमी आएसँगै पोखरा विमानस्थलमा अवरुद्ध उडान सुचारु

पोखरा, ३ वैशाख । वायु प्रदूषणका कारण भिजिबिलिटी कमहँुदा तीन दिन देखी अवरुद्ध वन्न पुगेको पोखराको हवाई उडान सेवा आईतवार दिउँसो २ ः ३० वजे पछि संचालनमा आएको छ । देशका विभिन्न भागमा लागेको डडेलोको धुवाँ र धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध वनेका थिए ।अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । धुवाँ–धुलोले आकाश ढाकिँदा भिजिबिलिटी दुई हजार मिटरमा झरेको थियो । ‘अहिले भिजिबिलिटी आवश्यकताभन्दा पनि… पुरा पढौ

डेढकिलो गाँजा सहित एक पक्राउ

कास्की,३ वैशाख ।पोखरा महानगरपालिका वडा नं –३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा शनिवार राती चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ आउदै गरेकोग.२ ख १३९८ नम्बरको बसमा सवार रहेका विकलाई पक्राउ गरेको हो । उनको साथवाट करिब १केजी ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका… पुरा पढौ

प्रदेश खेलकुद गण्डकी परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

पोखरा ३ । प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ ।५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् ।परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । “परिषद गठन पछि हामी… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता,अवार्ड वितरण पारदर्शी हुनुपर्नेमा जोड

पोखरा २ बैशाख । कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरें । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सुरु

पोखरा २ वैशाख । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ ।सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए ।मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार… पुरा पढौ

भलाममा माओवादी केन्दको शुभकामना आदान प्रदान, कार्यकर्ताको भावना अनुसार अगाडी वढ्न नेतृत्वलाई सुझाव

पोखरा, २ वैशाख । नयाँ वर्ष २०८० को अवसरमा नेकपा माओवादी केन्द्र पोखरा महानगर वडा समिति वडा नं २० ले शुभकामना आदानप्रदान एवं जनतासँग पार्टी अभियान संचालन गरेको छ ।पार्टीको केन्द्रीय नीति अनुरुप सांगठनिक शुद्दिकरण र सुदृढीकरणका लागी अभियान संचालन गरिएको माओवादीले जनाएको छ । पार्टी भित्र योग्यता र क्षमताका आधारमा भन्दा नातागोता र आफन्तका आधारमा अवसर दिंदा माओवादी केन्द्र कमजोर वन्दै गएकाले यस्लाई तत्काल सच्याएर अगाडी वढ्न कार्यकर्ताले नेतृत्वलाई सुझाव दिए ।कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं… पुरा पढौ

महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्दै महानगर

पोखरा, ०१ वैशाख । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रवार शिलान्यास गर्नुभएको हो ।पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस… पुरा पढौ

पोखरामा ३ दिने अनलाईन पत्रकारिता तालिम सञ्चालन गरिने

पोखरा १ वैशाख । अनलाईन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाख २ गते शनिबारबाट अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।तालिमको सम्पुर्ण तयारी पुरा भएको संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने तालिममा अनलाईन पत्रकार संघ गण्डकीका सम्पुर्ण सदस्यहरुलाई अनिवार्य सहभागिताको आगि अनुरोध गरिएको छ भने पोखरामा रहेर अनलाईनमा क्रियाशिल पत्रकारहरुले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष… पुरा पढौ