समाचार

मंसिर १७ देखि पोखराको नयाँबजारमा आयोजना हुने व्यापार मेलाको तयारी पूरा ः पोउवा संघ अध्यक्ष कार्की

पोखरा, १५ मंसिर । यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी लगभग पूरा भएको छ ।आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् ।अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण… पुरा पढौ

रेडियो अन्नपूर्णले गर्‍यो झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग, मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” हुने

पोखरा,११ मंसिर । रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले पोखरा १५ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रम अन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय पोशाक सहयोग गरेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए ।विद्यार्थीहरूको राष्ट्रिय पोशाक बिहीबार रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले पाठशालाका सञ्चालक दिलिप गायकलाई हस्तान्तरण गरेकी हुन् । रेडियो २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समाजमा काम गदै जाने… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुको विदाइ कार्यक्रम

पोखरा, ११ मंसिर । पोखरा कलेज अफ म्यानेजमेन्ट पिसिएमले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गरेको हो । कार्यक्रमको आयोजना कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो ।सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ लिगचरणका खेल जारी

पोखरा, मंसिर ११ । पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट छन्त्याल समाजमा आज भएको पुरुषतर्फको पहिलो खेलमा ठकुरी समाज तनहुँले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।ठकुरी समाजले पोखरा भलिबल प्रशिक्षणलाई २५–१७, २५–२२ र २५–२२ ले पराजित ग¥यो । दोस्रो खेलमा एपिएफ पोखराले गुराँसे भुमे युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव… पुरा पढौ

अनुसन्धान र प्रयोगात्मक कार्यमा विद्यार्थीलाई अग्रसर वनाउदै एसओएस गण्डकी, विद्यालयमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न

पोखरा । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कार्यमा अग्रसर गराउनका लागि पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कूल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लवको आयोजनामा विद्यालयमा हरेक वर्ष विज्ञान प्रदर्शनी हुदै आएको छ । विद्यार्थीले सूचना प्रविधिको विकाससँगै त्यसले मानव जीवनमा पारेको प्रभाव, शहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरणीय असन्तुलन, कृषिमा आधुनिकिकरण, अन्तरिक्ष, जल प्रसोधन लगायत विभिन्न यान्त्रिक उपकरणहरुको उपयोगितालाई प्रदर्शनीको विषय बनाएर आफ्ना परियोजनाहरु प्रदर्शन गरेका थिए ।… पुरा पढौ

फागुन २१ मा हुने निर्वाचनमा सहभागि हुन दलहरुलाई नागरिक समाजको आग्रह

पोखरा, २२ असोज । नागरिक समाजका अगुवाहरुले निर्धारित समयमा नै आगामी निर्वाचन सम्पन्न गराउन सरकार र प्रमुख राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।आगामी फागुन २१ मा हुने निर्वाचनका लागि दलहरुसँग परामर्श गर्न सरकारको ध्यानाकर्षण गराएका छन भने प्रमुख राजनीतिक दलहरुलाई आगामी निर्वाचनमा सहभागि हुन आग्रह गरेका छन् । ताकिएको समयमा निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट आउने भन्दै विभिन्न ३० जना नागरिक अगुवाहरुले ‘राजनीतिक दलहरूले यदि, तर जस्ता कुनै पनि वहाना नवनाई आगामी निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् ।… पुरा पढौ

साईवर व्युरोमा वयान दिन पुगे महेश बस्नेत

पोखरा, २२ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेत नेपाल प्रहरीको साईवर व्युरोमा पुगेर वयान दिएका छन् । वस्नेत विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिईन । सोही उजुरीका आधारमा साईवर व्युरोले वस्नेतलाई वयानका लागि वोलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । ‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ,’ ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘पहिला प्रमाण जुटाएपछि मात्रै… पुरा पढौ

कास्की प्रहरी प्रमुखमा ओलिया गए, कार्की आए

पोखरा । जेन जी आन्दोलनका कारण कार्यालय तोडफोड र आगजनी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा नेतृत्व परिवर्तन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पी श्याम वावु ओलियाको ठाउमा एस पी नविन कार्की सरुवा भएर आएका छन् । एस पी ओलियाको नीयमित कार्यअवधि पुरा नहुँदै उनको सरुवा गरिएको हो । सरकारले असोज महिनाको तलब खाने गरी एस पी ओलिया सहित १० जिल्लामा प्रहरी प्रमुख हेरफेर गरेको छ भने ४८ एसपी सरुवा गरिएको छसप्तरी र कैलालीमा यसअघि नै काजमा… पुरा पढौ

पोखरा महानगरले असोज १ देखी सेवा दिने, कुन कुन सेवा कहाँ कहाँ वाट ?

पोखरा ३० भदौ । जेन जी आन्दोलनका क्रममा क्षतीग्रस्त पोखरा महनगरले नगरवासिका लागि असोज १ गते देखी नीयमीत रुपमा आफ्नो सेवा सुरु गर्ने भएको छ ।भदौ २४ मा भएको तोडफोड र आगजनीका क्रममा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय भवन पुर्ण रुपमा क्षतीग्रस्त भएको थियो । भवनमा गरिएको आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भएका छन् । कार्यालयका सबैजसो कोठाहरूमा आगो लगाइएको छ, भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामाग्रीहरू चोरी भएका छन् । चोरी भएका सामान फिर्ता… पुरा पढौ