दिपाङताल सहकारीकाे नेतृत्वमा दिपेन्द्र

-


     गण्डकी बहस     
     पौष ७ गते २०८२ मा प्रकाशित


पाेखरा । दिपाङताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्थामा दिपेन्द्र शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। संस्थाको दशौँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशनबाट निर्विरोध रुपमा शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तैगरी संस्थाको उपाध्यक्षमा तिल बहादुर भुजेल सचिवमा वेदनाथ अधिकारी कोषाध्यक्षमा कृष्ण रिजाल र सदस्यहरूमा रमा कुमाल, कृष्ण पाण्डे, सूर्यप्रसाद तिमल्सिना, कुमार सापकोटा, विष्णु न्यौपाने गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभामा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारी भनेको सहकार्य गर्दै स्थानीय विकासमा लाग्ने संस्था हुँदा दिपाङ ताल सहकारीले राम्रो कार्य गरिरहेको र वित्तीय अवस्था सन्तोषजनक रहेको बताएका छन्। उनले विशेष गरेर यस सहकारीले दिपाङ तालको संरक्षण र प्रवर्द्धनमा उल्लेख्य काम गरेको बताए ।
यस अघि संस्थाका अध्यक्ष कृष्णबहादुर रानाभाट को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कविता घिमिरेले सञ्चालन गरेकी थिइन्।