
पोखरा, २३फागुन । एमालेको गड भनेर चिनिदै आएको कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उत्तमप्रसाद पौडेल भारि मतान्तर सहित विजयी भएका छन् । पौडेलले आफ्प्रना प्रतिष्पर्धी एमालेका रश्मी आचार्यलाई २४,४१८ मतान्तले पछि पार्दै विजयी भएका हुन ।कास्की २ मा कुल ५२ हजार ५ सय १९ मत खसेकोमा बिजयी पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरे ।
यहाँ नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला मधुले ६ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो हुँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङ १ हजार ६ सय ४३ मत प्राप्त गरेर चौथो भए ।







