समाचार

लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

लेखनाथ । लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२५/२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव ईन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।कार्यक्रममा प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाई,द्धितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी,तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल,सचिव केदारनाथ लामिछाने,कोषाध्यक्ष विष्णुबहादुर सुनार,सहसचिव सुन्दर ढकाल,प्रशासक भुवन श्रेष्ठ तथा सदस्यहरु डाक्टर प्रकाश भट्राई,ओमप्रकाश पौडेल,शिवप्रसाद लामिछाने, रविलाल सुवेदी,सुर्यप्रसाद तिवारी,शिवप्रसाद वास्तोला लगायतलाई सपथ ग्रहण गराइएको थियो ।उक्त अवसरमा बर्ष २०२४/२५ का अध्यक्ष कृष्णप्रसाद… पुरा पढौ

पोखराका ज्येष्ठ नगर पिता १०६ वर्षीय दहालको निधन

पोखरा, २३ साउन । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन । नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ ।नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो ।अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ… पुरा पढौ

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा संचालन

पोखरा । श्री लक्ष्मीनारायण मन्दिर, पोखरा महानगरपालिका वडा नं.३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको छ । यस अवसरमा श्रीकृष्ण जन्माष्टमीको पावन पृष्ठभूमिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण २४ गतेदेखि ३१ गतेसम्म श्रीमद्भागवत महापुराणको भक्ति रसामृतमय कथा वाचन गरिने भएको छ । कथा वाचन भारतवर्षका विशिष्ट संतहरू श्रीमद् रामचरितमानस एवं विनय पत्रिकाका किंकर संगीताचार्य पण्डित डा. महेशदत्त… पुरा पढौ

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा, २२ साउन । पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन् ।एक दिवशीय तालिममा कुल १४५ जना सहभागी भएका छन् ।तालिमको उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पर्यटक यातायात सेवालाई व्यवस्थित गराउनका लागि तालिम महत्वपूर्ण बन्ने बताउनुुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सवारी चालक तथा सहचालकले गर्ने… पुरा पढौ

जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

पोखरा, २२ साउन । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुप बिच वातावरण र पर्यावरण संरक्षणसँगै कास्कीका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा २२, श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन ९लक्ष्मी ग्रुप० बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।… पुरा पढौ

पोखरामा मौद्रिक नीतिबारे चर्चा

पोखरा, २० साउन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सरकारले कृषिसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरेको छ ।उनका अनुसार सहुलियतपूर्ण कर्जामध्ये २२ प्रतिशत नियमविपरीतको क्षेत्रमा प्रवाह भएको छ भने त्यस्तो खाले कर्जामध्ये १६ प्रतिशत दोहोरिएको, ११ प्रतिशतमात्र लक्षित बर्गमा पुगेको र त्यसमा पनि ९ प्रतिशत दुरुपयोग भएको छ ।‘राज्यले सहुलियतपूर्ण कर्जामा अनुदान प्रदान गरेको छ, त्यो राज्यकोषबाट जान्छ र जनताले तिरेको करको… पुरा पढौ

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ ।कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो ।सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे… पुरा पढौ

पोखरा महानगरको नगर ऊर्जा योजना सार्वजनिक

पोखरा, २० श्रावण । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले विस २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो… पुरा पढौ