समाचार

घरदैलोमा राजेन्द्र ओझाको प्रतिबद्दता ः एक कार्यकाल एक महोत्सबलाइ कार्यान्वयन गरिनेछ

पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। घरदैलोका क्रममा अध्यक्षका उमेद्दार राजेन्द्र ओझाले लेखनाथ महोत्सब लाइ अब एक कार्यकाल एक महोत्सवको रुपमा अगाडी बढाउने ब्यबसायीलाइ विश्वास दिलाएका छन् । महोत्सबले लेखनाथका ब्यबसायीलाइ मर्का परेको बताउदै ओझाले हरेक ब्यबसायीको समस्यालाइ समाधान गर्ने गरि अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गरे । संघमा लामो समय रहेर ब्यबसायी साथीहरुको र संघको हितमा काम गरेका कारण… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा पराजुली र ओझाको समूह आमने सामने भिड्दै

पोखरा १३ भदौ । लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन नजिकिंदै जाँदा नयाँ कार्यसमितिका आकाक्षीं उमेद्वारहरु मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । यहि भदौ २० र २१ गते हुने संघको २९ औं साधारण सभा एबम १५ औं अधिबेशनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका व्यवसायीहरुको तर्फवाट हालका महासचिव जानुका पराजुलीको नेतृत्वमा र राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेकपा एमाले समर्थित उद्याृेगी व्यवषायीले हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा प्यानल नै घोषणा गरेर चुनावमा होमिएका छन । निर्वाचन आउन एकसाता… पुरा पढौ

प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेश

पोखरा, १२ भदौ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो । संवैधानिक… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ मा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ ।मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा हाल ७४ जना… पुरा पढौ

पोखरा र बागलुङमा महिला उद्यमीबीच सहकार्र्यको प्रतिवद्धता

पोखरा,२९ साउन । पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी विकास उपसमितिबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति जुटेको हो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक बन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि महिलाहरुले ठूलो हैन,… पुरा पढौ

अमेरिकामा तीज विशेष सांगीतिक कार्यक्रम

पोखरा ।नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार अगष्ट ३० मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो।कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू — वरिष्ठ लोकदोहोरी गायक बद्री… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचेको रकम तीनवटा विद्यालयलाई सहयोग

पोखरा, २८ साउन । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग… पुरा पढौ

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

पोखरा, २८ श्रावण । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा, २७ साउन । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला,… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा पढ्दै कमाउदै परियोजना शुरु

पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम पढ्दै कमाउदैँ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् ।… पुरा पढौ