समाचार

नेपाली सेनाले गर्यो लुटिएका ३१ हतियार र ३३ लाख ७० हजार नगद वरामद

पोखरा । जेनजीले गरेको आन्दोलनक क्रममा प्रदर्शनकारीले लुटेर लगेका ३१ वटा हतियार सहित गोली गठ्ठा र सुरक्षा सामाग्री नेपाली सेनाले वरामद गरेको छ । मंगलवार रातभरमा सेनाले २७ जनलाई नियन्त्रणमा लिएर उक्त हतियार वरामद गरेको हो ।मंगलबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीका हातहतीयार, सुरक्षा पोशाक, गोली ग्ठ्ठा लगाएतका सुरक्षा सामाग्री लुटेर लगेका थिए ।लुटिएका हातहतियार तथा सुरक्षा सामग्रीको दुरुपयोगवाट जनधनको क्षती हुनसक्ने भन्दै सुरक्षा निकायलाई बुझाउन प्रदर्शनकारीलाई सेनाले अनुरोध गरेको छ । हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन… पुरा पढौ

जेनजी आन्दोलनका कारण पोखराका अधिकाम्स सरकारी कार्यालयमा आगजनी र तोडफोड

पोखरा । प्रशासनले लगाएको कर्फु उल्लंघन गर्दै जेनजी प्रदर्शनकारीले पोखरामा रहेका अधिकाम्स सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखराको शहिदचोमा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सो मातहत रहेका मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रदर्शनकारीले गरेको आगजनीका कारण पोखरा धुँवामय वनेको थियो । आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक… पुरा पढौ

लेखनाथ उवासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन,व्यवसायीको उत्साहजनक सहभागिता,१८८१ मत खस्यो

लेखनाथ, २१ भदौ । नयाँ नेतृत्वको लागि शनिबार भएको उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्तर्गत सम्पन्न मतदानमा १८८१ मत अर्थात ९३।०३ प्रतिशत मत खसेको छ । निर्वाचनको लागि कुल मतदाता २०१९ जना रहेका थिए । विहान ७ः०० वजे देखी साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रममा व्यवसायीहरुको उत्साह जनक सहभागिता रहेको थियोे । मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजे देखि शुरु गरिने निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिए । कांग्रेस र माओवादी निकट व्यवसायीले… पुरा पढौ

पोखरा यातायात प्रालिको सातौ साधारण सभा सम्पन्न , लगानी सुनिश्चितताको माग

पोखरा, १९ भदौ । पोखरा यातायात प्रालिको ७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ विहिवार सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकीका संयोजक केदार पौडेलले साधारणसभाको उद्घाटन गर्दै यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेको बताए । उनले सेवा संचालनको क्रममा यात्रिमैत्री सेवा, नागरिक मैत्री यातायात वन्नका लागि यातायात व्यवसायीलाई प्रविधि मैत्री वन्न सुझाव दिए । सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको अरवौको लगानी भोलीका दिनमा लथालिङ्ग नहोस भन्नका लागि लगानीको सुनिश्चितता गर्न आफुहरुले… पुरा पढौ

नाट्टा गण्डकीद्वारा नेपालगञ्जमा अन्तरक्रिया

पोखरा, १९ भदौ । पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटनका सन्दर्भमा बुधबारदेखि अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आज लुम्बिनी प्रदेशको नेपालगञ्जमा त्यहाँका पर्यटनसम्बद्ध अधिकारी एवम् पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।अन्तरक्रियाको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गर्नुभयो ।कार्यक्रममा मन्त्री न्यौपानेले प्रचुर पर्यटकीय सम्भावना रहेका दुबै प्रदेशबीच एक आपसमा पर्यटकीय विकासका लागि सहकार्य आवश्यक भएको बताउनुभयो । दुबै गन्तव्यको पर्यटकीय विकासका लागि भैरहबा र… पुरा पढौ

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु

पोखरा, १९ भदौ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ।कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने औल्याउदै असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने विस्वास ब्यक्त गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु… पुरा पढौ

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

पोखरा, १८ भदौ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि… पुरा पढौ

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

पोखरा । कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता

पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्।सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन ९प्रथम संशोधन०, कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च… पुरा पढौ

पोखरामा मनाए ‘गौरा’, प्रदेश प्रमुख भट्ट सहभागी

पोखरा, १५ भदौ । पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो ।समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द लगायतको उपस्थिति रहेको थियो ।प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वका रहेको बताउनुभयो । सुदूरपश्चिममा यो पर्वको निकै महत्व रहेको र धुमधामका साथ मनाइने गरेको बताउनुहुँदै उहाँले अहिले सुदूरपश्चिमेली जहाँ जहाँ पुगेका छन्, त्यहाँ गौरा पर्व मनाइने गरेको उल्लेख गर्नुभयो ।‘काम विशेषले… पुरा पढौ