
पोखरा, पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ कार्याक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पोखरा ३२ का स्थानिय सन्तोष ढकालले बाटो निर्माणको बारेमा प्रश्न गरेका थिए । कमल थापाले पोखरा ३२ लाई पर्यटकीय हिसावले बिकास गर्न नसकेको भन्दै पर्यटकीय स्थलको निर्माणमा जोड दिएका थिए ।
भरत थापाले सातमुहाने देखी गगन गौडा सम्म जोडने बाटो निर्माणमा ढिलाई भएको गुनासो गरेका थिए । नेत्र बहादुर क्षेत्रीले पोखरा ३२ मा बन्ने भनेको क्षेत्रीय बसपार्क खै भनेर प्रश्न गरेका थिए ।
लेख बहादुर सुनार, केशव राज पंगेनी, चन्द्रकला कडेल, देवेन्द्र राना, मोहन प्रधान, अरुना आलेमगर लगायतले विकास निर्माणको काम समयमा नभएको वा समस्या भएको गुनासो गरेका थिए ।
वडा अध्यक्ष अक्कल बहादुर कार्कीले आफु वडा अध्यक्षर भएर आउन भन्दा अगाडीको तुलनामा वडामा धेरै विकास भएको सुनाए । बजेट अभावको कारण जनताले सोचेको काम गर्न नसकिएको जानकारी दिए । अलपत्र परेका र अघिल्ला वर्षमा छुटेका विकास निर्माणको कामलाई आगामी वर्षमा उच्च प्रथामिकतामा राखेर काम गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
अध्यक्ष कार्की ले प्रश्नकर्ता तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे । उनले सार्वजनिक सुनुवाइका क्रममा प्राप्त गुनासा, सुझाव र सल्लाहलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा वडा कार्यालयको सेवा प्रवाह, विकास निर्माण तथा कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी, सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
साथै जनताको सुझावलाई आगामी योजना तथा कार्यक्रम तर्जुमामा समेत समेटिने विश्वास दिलाए ।
वडा सचिव कमल खासुले कार्यक्रमको बारेमा प्रकाश पारे । उनले वडाको विकासलाई लागी कर्मचारीले सक्दो काम गरिरहेको जानकारी दिए । कतिपय विकासका योजनामा बजेट नपुग्ने कारण समस्या भएको उल्लेख गरे ।
दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा वडा सदस्य तिर्थ सुयलले वडा कार्यालयको चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । सदस्य शोभा विकले कार्यक्रममा स्वागत मतब्य राखेकी थिईन । सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्दै वडाको सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको आयोजना पोखरा महानगरपालिका वडा नं. ३२ ले गरेको हो भने गण्डकी प्रेस प्रा.लि. ले सहजीकरण गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधी, राजनैतीक दलका प्रतिनधी स्थानीयवासीको सहभागि भएका थिए ।







