राजनीति

प्रदेस सभा सदस्यमा एमाले नेता अधिकारीको उम्मेदवारी

पोखरा, २३ असोज । नेकपा एमालेका नेता एवं पुर्वगृहमन्त्री खखगराज अधिकारीले मंसिर ४ गते हुने निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।यस अघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले यसपटक भने प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका हुन् । उनले कास्की क्षेत्र नं १को १ वाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।नेता अधिकारीको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अधिकारीलाई एमालेले अगाडी वढाएपछि उनले प्रदेस सभाका लागी उम्मेदवारी दिएका हुन्… पुरा पढौ

पोखरा महानगरको प्रमुखमा नेकपा एकिकृत समाजवादी धनराज आचार्य र उपप्रमखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी

पोखरा, । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुख पदमा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए ।उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।पोखरा महानगरमा कुन वडामा कसले जिते तलको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर निर्वाचित

पोखरा , २ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यराती सम्पन्न मतपरिणाम अनुसार उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रमले ५ हजार ५१५ प्राप्त गरे । यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार… पुरा पढौ

पोखरा– १मा एमालेको विरासत कायमै, अध्यक्षमा सहारा विजयी

पोखरा, २ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले आफ्नो विरासत कायमै राखेको छ । आज विहान सम्पन्न मतगणनामा नेकपा एमालेका सहारा प्रधान आफ्ना निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै वडाध्यक्षमा बिजयी भएका हुन् । बिजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् । वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएका छन् ।… पुरा पढौ

पोखराको वडा नं दुईमा कांग्रेसको प्यानल नै विजयी

पोखरा,२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सोमवार विहान सम्पन्न मतगणनामा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गले आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् । प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने शाहले ६६१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन्… पुरा पढौ

छिटपुट घटनावाहेक कास्कीमा मतदान शान्तीपुर्ण , अव केहीवेरमा मतगणना गरिने

पोखरा । स्थानीय तह निर्वाचन २०७९मा कास्कीमा छिटपुट रुपमा भएका सामान्य विवाद वाहेक शािन्तपुर्ण वातावरणमा मतदान कार्य सकिएको छ । । ४गाउपालिका र एक महानगरपालिका रहेको कास्कीमा मतदाताले उत्साहपुर्वक मतदान गरेका छन् । करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३… पुरा पढौ

एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

पोखरा, २३ बैशाख । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो ।हातहातमा नमूना मतपत्र लिएर मतदाताको घरदैलोमा पुगेका एमाले कार्यकर्ताले मतदाता परिचयपत्र लिएर केन्द्रमा जान र स्वस्तिक छाप लगाउने तरिका सिकाउदै ढुक्कसंग मतदान गर्न अनुरोध गरिएको एमाले पोखरा २८ का वडाअध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङले जानकारी दिनुभयो ।घरदैलो कार्यक्रमका क्रममा साविक… पुरा पढौ

अरुले धारो दिए, हामी पानी दिन्छौँ ः गठबन्धनका उम्मेदवार

पोखरा २८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने ।पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी… पुरा पढौ

सिक्लेसीमाझ एमाले उम्मेद्वारको वाचाः तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ

वैशाख २३ पोखरा । कास्कीको मादी गाउँपालिकामै धेरै जनसंख्या भएको गाउँ हो, सिक्लेस । मतदाताको हिसाबले गाउँकै ठूलो वडा मादी १ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा दलहरु चुनाव केन्द्रीत गतिविधिमा व्यस्त छन् ।आफ्ना प्रतिबद्धता सुनाउन नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)र उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङसहितको टिम बिहीबार २२ सय हारहारी मतदाता रहेको मादी–१ पुगेको छ । उनीहरुले बिहीबार मादी १ सिक्लेस र खिलुङमा चुनावी सभा गरेका छन् ।सिक्लेसमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष उम्मेद्वार महेन्द्रले अहिलेभन्दा तीन… पुरा पढौ

पोखरा २९ मा एमाले उमेद्वारलाई भुपू सैनिकको समर्थन

लेखनाथ २३ वैशाख ।वि.स २०७४ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ विजय प्राप्त गरेको पोखरा २९ मा यसपपटक पनि एमालेकै पक्षमा जनलहर बढेको छ । यस क्षेत्रमा भएका विकास निर्माणले जनताको मन जित्न सफल भएकाले यस पटक पनि विकासप्रेमी पार्टीलाई जिताउनुपर्छ भन्दै चुनावी प्रचार–प्रसारको अभियानमा स्वतः स्फुर्त रुपमा जनताको सहभागीताले पुष्टि गरेको हो ।समस्या सुन्दै योजना बुन्दै गरेका एमाले पोखरा २९ का उमेद्वारलाई भुपू सैनिक तथा प्रहरीको साथ पाएपछि आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई अगाडि राखेर आसन्न स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको… पुरा पढौ