पोखरा ७ वैशाख । सत्ता साँझेदार नेकपा माओवादी केन्द्र सरकारवाँट वाहिरिदै आफ्नो समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार यतीवेला धरमराएको छ । सरकार गठनको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री खगराज अधिकारीमा पुनः विश्वासको मत लिने कि राजीनामा दिने भन्ने अन्योलता देखिन्छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते माओवादी केन्द्र र राप्रपा सम्मिलित सरकार बनेको थियो । राष्ट्रपति निर्वाचनका वेला केन्द्रीय सत्ता समिकरणमा फेरवदल आएपछि चैत १० गते माओवादीले आफ्नो समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री अधिकारी सामु अहिले दुई विकल्प छन – विश्वासको मतको सामना गर्ने की राजीनामा दिने ।
अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मतको सामना गर्ने भन्दै पहिलो वाटो रोजेका छन् । माओवादीवाट विश्वासको मत पाउने झिनो आशामा मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते शुक्रबार दिउँसो ३ बजे संसदको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई शिफारिस गरेका छन् । सरकारको शिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोही दिन हिउँदे अधिवेशन आह्वान गरेका छन । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते विश्वासको मत लिने गरी कार्यसूची तयार पार्न भन्दै वुधवार संसद सचिवालयमा पत्र पठाएका छन । संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले वताए ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री अधिकारीसँग संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने कुनै वलियो आधार छैन । उपसभामुखसहित २२ सांसद रहेको नेकपा एमालेलाई अहिले सरकारमा सहभाागि राप्रपाका दुई सांसदको मात्र समर्थन रहदै आएको छ । तर, अन्तिम समयसम्म पनि मुख्यमन्त्री अधिकारी माओवादीका सांसदहरुलाई रिझाउन प्रयासरत छन् । माओवादीले समर्थन नगरे अन्तीम समयमा संसदबाटै राजीनामा घोषणा गर्ने योजनामा मुख्यमन्त्री अधिकारी रहेको उनको सचिवालयका एक सदस्यले वताए ।