पोखरा– १मा एमालेको विरासत कायमै, अध्यक्षमा सहारा विजयी

-


     गण्डकी बहस     
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा, २ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले आफ्नो विरासत कायमै राखेको छ । आज विहान सम्पन्न मतगणनामा नेकपा एमालेका सहारा प्रधान आफ्ना निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै वडाध्यक्षमा बिजयी भएका हुन् ।

बिजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् ।

वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएका छन् । खुल्ला सदस्तर्फ एमाले ऋषिराम पौडेल र कांग्रेसका रामजीप्रसाद पौडेल बिजयी भएका छन् । यसैगरी महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्यमा सुकमाया दमाई निर्वाचित भएका छन् ।