पोखराको वडा नं दुईमा कांग्रेसको प्यानल नै विजयी

-


     गण्डकी बहस     
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा,२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सोमवार विहान सम्पन्न मतगणनामा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गले आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् ।

प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने शाहले ६६१ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन् ।