पोखरा, २३ असोज । नेकपा एमालेका नेता एवं पुर्वगृहमन्त्री खखगराज अधिकारीले मंसिर ४ गते हुने निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यस अघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले यसपटक भने प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका हुन् । उनले कास्की क्षेत्र नं १को १ वाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता अधिकारीको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अधिकारीलाई एमालेले अगाडी वढाएपछि उनले प्रदेस सभाका लागी उम्मेदवारी दिएका हुन् । अधिकारीसँग वाम लोकतान्त्रीक गठवन्धनका तर्फवाट नेकपा माओवादी केन्द्रका दिपक कोईरालाले चुनावी प्रतिष्पर्धा गर्दैछन् ।