राजनीति

सत्ता गठवन्धनले निर्वाचन जितिसकेको मेयरका उम्मेदवार आचार्यको दावी

पोखरा १९ वैशाख । स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन… पुरा पढौ

रुपाका जनताको घरदैलोमा मत माग्दै एमालेका उमेद्वार

पोखरा, १८ वैशाख ।नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । रुपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार नवराज ओझाले जानकारी दिएका छन् । आइतबार अध्यक्ष उमेद्वार ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतमसहितको टोलीले वडा नं ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदलौ गरेका छन् ।अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपमा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा… पुरा पढौ

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छु ः गठबन्धनका उम्मेदवार आचार्य

पोखरा, १८ बैशाख पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् । पोखरा बनाउन चार कुरा चाहिन्छ,उनले भने,‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उनले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले थपे,‘सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै… पुरा पढौ

लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याइन्छः थापा

लेखनाथ, वैशाख १८ ।पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख सहितका उम्मेदवारसहित नेकपा एमालेले पोखरा महानगरपालिकाको वडा नं. २७ मा आइतबार चुनावी सभा सम्पन्न गरेको छ ।सभालाई सम्वोधन गर्दै नेकपा एमाले पोखरा महानगरका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले निर्वाचनमा गरिएका प्रतिवद्धता अक्षरस पालन गर्ने बताएका छन् । थापाले व्यक्तिगत सुविधा र सुःखका लागि एमालेका उमेद्वारले चुनाव नलडेको भन्दै, ५ वर्षको समय खटेर जनताको काम गर्ने उल्लेख गरे थिए ।मेयरका प्रत्यासी थापाले प्रतिवद्धता पत्रमा साविक लेखनाथको विकासका लागि राम्रो योजना बनाइएको उल्लेख गर्दै पोखरा र… पुरा पढौ

अटेरी अभियानका पौडेलले दिए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

पोखरा ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका छन् । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक दलप्रतिको वितृष्णा र दलीय गठवन्धनको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । आँफूहरुले अघिसारेको योजना पोखरेली मतदाताले मन पराएकाले आप्mनो जित सुनिश्चित भएको उनले वताए । त्रिपक्षीय मत बाडीने हुनाले… पुरा पढौ

पोखरा महानगरको मेयरका लागी एमालेवाट १२ जना आकांक्षी

पोखरा ३० चैत । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेवाट १२ जनाले आकांक्षा देखाएका छन् । एमाले पोखरा महानगर कमिटिले मंगलबार बसेकोे बैठकमा पोखरा महानगरपालिकाका मेयर र उपमेयरको नाम संकलन गरेको थियो । गण्डकी प्रदेश सांसददेखी वडा अध्यक्षसम्म १२ जनाले मयेरका लागि नाम दर्ता गराएका हुन् । तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् ।मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका… पुरा पढौ

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी सचिबमा पराजुली

पोखरा, १९ फागुन/ माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिति पाएको छ । महानगरले झण्डै तिन महिना पछि हरिनारायण गिरी (बिज्ञान) को अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमाम बिक चयन गरेको छ । सचिवमा जनक पराजुली, सह सचिवमा विमला पहारी, कोषाध्यक्षमा सुर्यराज तिवारी सर्बसम्मत चयन भएका छन् । पुरा पढौ

एमसीसीको पक्षमा मतदान गर्न पाँच नेता असहमत

भुमिचन्द्र घिमिरे, काठमाण्डौ । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच नेताले असहमति जनाएका छन्। आइतबार खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकमा उनीहरुले असहमति राखेका हुन्। अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन्। उनीहरुले पक्षमा मतदान गर्न असहमति राखेका हुन्। व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन्। यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने… पुरा पढौ

एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न ओलीको चेतावनी, पाँचै दल एकैचोटी आऊः ओली

भुमिचन्द्र घिमिरे/, काठमाण्डौ । नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमालेलाई चाहीदा मात्रै प्रयोगमा ल्याउने खुत्रुके नबुभ्न चेतावनी दिए । घर–घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले एमालेलाई त्यतै नठान्न बताए । अध्यक्ष ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको बताए । कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताए । एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर… पुरा पढौ

एमाले कास्कीका जनसंगठनद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, १८ माघ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । निर्वाचन आयोगले समेत संविधानको पालना गर्न स्थानीय तहको अवधि नकटाई निर्वाचन घोषणा गरिदिन गरेको आग्रहलाई समेत बेवास्ता गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आलटाल गरिरहेको जनसंगठनले ठहर गरेको छ । ‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय… पुरा पढौ