
पोखरा ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका छन् । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक दलप्रतिको वितृष्णा र दलीय गठवन्धनको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए ।
आँफूहरुले अघिसारेको योजना पोखरेली मतदाताले मन पराएकाले आप्mनो जित सुनिश्चित भएको उनले वताए । त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए । हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरि सकेका छन् ।
अहिले मुख्य राजनीतिक दलका उम्मेद्वार बाहेक स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाहरुले उम्मेद्वारी दर्ता गराई रहेका छन् । उम्मेदवारले भोलीसम्ममा आप्mनो उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।









