राजनीति

नेपाली काग्रेस कास्कीको कोषाध्यक्ष माइकल कर्माचार्य

पोखरा, ८ माघ/ नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य नियुक्त भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा शनिबार बसेको जिल्ला समितिको बैठकले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गरेको हो । अध्यक्षले राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिए । कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए । कांग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ । बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक नियुक्त गरेको छ… पुरा पढौ

प्रदेश विकास समस्या समाधान बैठक, प्रदेशको जिडिपी बनाउनुपर्नेमा मुख्यमन्त्रीको जोड

पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेको भन्दै बृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नु बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वषको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा बिहीबार मुख्यमन्त्री पोखरेलले प्रदेशले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कुल ग्राहस्थ उत्पादनमा जम्मा ८.७ प्रतिशत योगदान रहनुनले प्रदेशको अवस्था कमजोर रहेको दर्शाउने भनाइ राखे । अधिकांश सामाजिक सूचक राम्रो रहेको भएता पनि जिडिपिमा योगदान कम… पुरा पढौ

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

मनबहादुर गुरूङ
पोखरा, २८ पुष/ नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको नतिजा बुधबार बिहान आएको हो । गुरुङले ४९ मतले पछि पार्दै दामोदर बैरागीलाई पराजित गरे । गुरुङले ४ सय ५६ मत प्राप्त गरे भने बैरागीले ४ सय ७ मत प्राप्त गरे । गुरूङ र बैरागी प्यानलसहित चुनावमा होमिएका थिए । एमाले नेताहरू पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारीको दुई छुट्टाछुट्टै प्यानललाई समर्थन थियो । उपमहासचिव पृथ्वीसुब्बाले मनबहादुर र संगठन विभाग प्रमुख खगराजले दामोदरलाई समर्थन गरेका… पुरा पढौ

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए। नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। नेकपा (एकीकृत समाजवादी)का पाण्डे… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ

अवसरवादको खेती गर्ने कम्युनिस्ट हुन सक्दैनन् ः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरू सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आप्mनो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने जनाए । उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने उल्लेख गरे । जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास… पुरा पढौ

१४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे। उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए। बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे। “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो… पुरा पढौ

सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा हुनहुन्न भने सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक हुनुहुन्छ । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा… पुरा पढौ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्। अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरूको… पुरा पढौ

कर्णालीमा कात्तिक दोस्रो साता सरकार फेरिने !

कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो साताको सुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो । सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्त्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तान्तरण प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गते… पुरा पढौ