प्रमुख समाचार

व्यापार प्रवर्दनका लागि वुद्ध विशाल वजार पोखराद्वारा उपहार कार्यक्रम संचालनमा

पोखरा,२९ असार । व्यवसायीक हकहितका लागि स्थापित बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी ल्याईएको उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुने एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने जानकारी दिए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन… पुरा पढौ

मुख्यमन्त्री पोखरेल र अस्ट्रेलियन राजदूत वीच भेटवार्ता, संघीयता सुदृढीकरणमा सहकार्य गरिने

पोखरा, २८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार मुख्यमन्त्रीको कार्यकक्षमा भेटवार्ता भएको छ । भेटघाटमा नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच कुराकानी भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टे«लिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । उनले भने, ‘गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग हाम्रा लागि अपेक्षित छ । यहाँको भ्रमणले… पुरा पढौ

गण्डकी रत्न सम्मानवाट महावीर पुन विभूषित

पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान… पुरा पढौ

पोखरा महानगरपालिकाको लेखा समिति संयोजकमा झपट

पोखरा, २६ असार । पोखरा महानगरपालिकाको सार्वजनीक लेखा समितिको संयोजकमा झपट रानाभाट नियुक्त भएका छन् ।महानगरपालिकाको स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम पोखरा महानगरको ११ औं नगरसभाले रानाभाटलाई लेखा समितिको संयोजकमा नियुक्त गरेको हो ।पोखरा महानगरपालिका वडा नं २१ निवासी झपट करिव तिन दशक अघि देखी राजनीतिमा सक्रिय रहदै आएका छन् । हाल उनी नेकपा एमाले कास्कीको जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख रहेका छन् । यस अघि उनले जिल्ला समन्वय समिति कास्कीको निर्वाचनमा प्रमुख पदका लागी आफ्नो दावी… पुरा पढौ

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई ंदुर्घटना उपचारमा छुट

पोखरा, २६ असार । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।यस्तै प्रालिमा आवद्ध… पुरा पढौ

लायन्स क्लब पेन्गुईनले गर्यो किसानलाई फलफूल तथा डाले घाँसका बिरुवा निशुल्क बितरण

पोखरा २६ असार । लायन्स क्लब अफ पोखरा पेन्गुईनले एक कार्यक्रमका वीच पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा निशुल्क उपलव्ध गराएको छ । कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस , तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कसैको ध्यान नपुगेको यस क्षेत्रमा लायन्स क्लब आएर… पुरा पढौ

खेलाडीले प्राप्त गर्ने सफलता नै प्रदेश सरकारको मापन – मुख्य मन्त्री पोखरेल

गणेश वहादुर वानिया । पोखरा २६ असार । खेलाडीले प्राप्त गर्ने सफलता नै गण्डकी प्रदेश सरकारको मापन भएको वताउदै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलाडीहरुलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन जाने गण्डकी प्रदेशका खेलाडीहरुलाई विदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् । खेलकुदको विकासका लागि तिनै तहको सरकारले उत्तिकै महत्वका साथ अघि बढाएको बताउँदै गण्डकी प्रदेश खेलकुद परिषदका संरक्षक समेत रहेका मुख्य मन्त्री… पुरा पढौ

पोखरा महानगरको प्रमुखमा नेकपा एकिकृत समाजवादी धनराज आचार्य र उपप्रमखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी

पोखरा, । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुख पदमा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए ।उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।पोखरा महानगरमा कुन वडामा कसले जिते तलको… पुरा पढौ

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवी अगाडी

पोखरा, २ जेठ । पोखराको महानगरपालिकाको प्रमुख पदका लागी गठवन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर वढाउदै लगेका छन् । ९९९३ मतको मतपरिणाम सार्वजानिक हुँदा गठबन्धका उम्मेदवार धनराज आचार्यले कलम चिन्हवाट ४०४१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । आचार्यका प्रतिद्वन्दी नेकपा एमालेका उमेद्धवार कृष्ण थापाले सुयै चिन्हवाट ३६५७ मत पाएका छन् । उपमेयरमा भने गठबन्धनकी उम्मेदबार कोपिला रानाभाटलाई पछि पार्दै नेकपा(एमाले) की उम्मेदबार मञ्जुदेवी गुरुङ अगाडि रहेकी छिन् । गुरुङले ४१५१ मत प्राप्त गर्दा रानभाटले भने ४१११ मत पाएकी छन्… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर निर्वाचित

पोखरा , २ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यराती सम्पन्न मतपरिणाम अनुसार उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रमले ५ हजार ५१५ प्राप्त गरे । यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार… पुरा पढौ