प्रमुख समाचार

विद्यार्थी चढेको वसमा ढुङ्गाहानी भाग्ने ३ जना पक्राउ

पोखरा, विद्यार्थी लिएर पोखरावाट काठमाण्डौ जाँदै गरेको वसमा ढुंगामुढा गने ५ जना मध्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा भ्रमण गरेर फर्कदै गर्दा बा १ प ९१६ नं को विद्यार्थी वोकेको वसलाई यही जेठ १९ गते पोखरा १४ चाउथेमा ढुगा प्रहार गरेका थिए । उक्त वस ललितपुरको वालकुमारी स्थित नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीको भएको खुलेको छ । पक्राउ पर्नेमा बसको सिसामा हानेको ढुङ्गा लागेर ५ जना विद्यार्थी सामान्य घाईते भएका थिए । चितवनको राप्ती नगरपालिका १ घर… पुरा पढौ

राईड सेयरिङ नियमावली खारेजी होईन, संसोधन हुन सक्छ – गण्डकी प्रदेश सरकार

पोखरा, १८ जेठ । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली संसोधन गरेर यातायात वयवसायीका मागलाई संवोधन गर्न सकिने जनाएको छ । गण्डकी प्रदेश सरकारले आईतवार भौतीक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेरमन्त्रालयको खारेज नहुने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न… पुरा पढौ

नेपाल पात्रकार महासंघ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा, १८ जेठ । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्दी तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको पूर्व विद्यार्थी अध्यक्षमा पाण्डे

लेखनाथ १८ जेठ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

फोवाताल जोगाउन डुंंगादौड प्रतियोगिता

पोखरा, १८ जेठ । पोखराको फेवातालमा आइतबार भएको दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ समूह र महिलातर्फ ताल पारीको ‘बी’ समूह प्रथम भएका छन् । विजेता दुवै समूहले नगद रु ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो र फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष… पुरा पढौ

एसओएस गण्डकीमा पुरस्कार वितरण, मानवीय विकासका लागी शिक्षा, स्वास्थ्यमा लगानी वढाउन आवश्यक – वडाध्यक्ष वानीया

पोखरा, १५ जेठ । एसओस हर्मन जिमाईनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहका वीच पुरस्कृत गरेको छ । कक्षागत रुपमा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सिमित विद्यार्थीमात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरी देखी नौ सम्मका एक सय ७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो । पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानिया, एसओस वालग्राम गण्डकीका योजना निर्देशक… पुरा पढौ

युवासंघको निर्वाचनमा पार्टी अध्यक्ष ओलीको समर्थनमा थेवे र पुर्व राष्ट्रपती भण्डारीको समर्थनमा पुरी विच प्रतिष्पर्धा हुँदै

पोखरा ११ जेठ । पोखरामा जारी राष्ट्रिय युवा संघ नृपालको १० औं महाधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधान्मन्त्र िकेपी शर्मा ओली र पुर्व राष्ट्रपती विद्यादेदी भण्डारी वीच छुट्टाछुट्टै दुई प्यानल नै वनाएर निर्वाचनमा हामीएका छन् ।अध्यक्ष पदका लागी पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा क्षितिज थेवेले र पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीको समर्थनमा सुमन पुरीले मनोनयन दर्ता गराएका छन् । थेवे यस अघिका नि वर्तमान अध्यक्ष हुन भने पुरी यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर यस अघिको कार्यकालमा पार्टी अध्यक्ष केपी ओलीकै… पुरा पढौ

गणतन्त्रका नायक प्रचण्डलाई पर्वतामा १८ संघ सस्थाको सामुहीक अभिनन्दन

पोखरा, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा जिल्लाका विभिन्न १८वटा सामाजिक, शैक्षिक, व्यावसायिक र नागरिक संस्थाहरूले संयुक्त अभिनन्दन गरेका छन् ।जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशिता तथा गणतन्त्र स्थापनामा पु¥याएको योगदानको कदर स्वरूप अभिनन्दन पत्र प्रदान गरिएको हो ।अभिनन्दन पत्रमा प्रचण्डको दीर्घकालीन राजनीतिक सङ्घर्षले गणतान्त्रिक नेपालको आधारशिला तयार पारेको र शान्ति प्रक्रिया, संविधान निर्माण तथा समावेशी… पुरा पढौ

हामी जीउँदै छौं, राजसिंहासनको कल्पना नगरे हुन्छ – प्रधानमन्त्री ओली

पोखरा, ९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघिय लोकतान्त्रीक गणतन्त्रका लागि लडेका राजनीतिक दलहरु जीवित रहेसम्म राजतन्त्र फर्कन नसक्ने वताएका छन् ।राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ’पूर्व राजाको… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो ।उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने… पुरा पढौ