प्रमुख समाचार

फागुन २१ मा हुने निर्वाचनमा सहभागि हुन दलहरुलाई नागरिक समाजको आग्रह

पोखरा, २२ असोज । नागरिक समाजका अगुवाहरुले निर्धारित समयमा नै आगामी निर्वाचन सम्पन्न गराउन सरकार र प्रमुख राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।आगामी फागुन २१ मा हुने निर्वाचनका लागि दलहरुसँग परामर्श गर्न सरकारको ध्यानाकर्षण गराएका छन भने प्रमुख राजनीतिक दलहरुलाई आगामी निर्वाचनमा सहभागि हुन आग्रह गरेका छन् । ताकिएको समयमा निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट आउने भन्दै विभिन्न ३० जना नागरिक अगुवाहरुले ‘राजनीतिक दलहरूले यदि, तर जस्ता कुनै पनि वहाना नवनाई आगामी निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् ।… पुरा पढौ

साईवर व्युरोमा वयान दिन पुगे महेश बस्नेत

पोखरा, २२ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेत नेपाल प्रहरीको साईवर व्युरोमा पुगेर वयान दिएका छन् । वस्नेत विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिईन । सोही उजुरीका आधारमा साईवर व्युरोले वस्नेतलाई वयानका लागि वोलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । ‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ,’ ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘पहिला प्रमाण जुटाएपछि मात्रै… पुरा पढौ

कास्की प्रहरी प्रमुखमा ओलिया गए, कार्की आए

पोखरा । जेन जी आन्दोलनका कारण कार्यालय तोडफोड र आगजनी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा नेतृत्व परिवर्तन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पी श्याम वावु ओलियाको ठाउमा एस पी नविन कार्की सरुवा भएर आएका छन् । एस पी ओलियाको नीयमित कार्यअवधि पुरा नहुँदै उनको सरुवा गरिएको हो । सरकारले असोज महिनाको तलब खाने गरी एस पी ओलिया सहित १० जिल्लामा प्रहरी प्रमुख हेरफेर गरेको छ भने ४८ एसपी सरुवा गरिएको छसप्तरी र कैलालीमा यसअघि नै काजमा… पुरा पढौ

पोखरा महानगरले असोज १ देखी सेवा दिने, कुन कुन सेवा कहाँ कहाँ वाट ?

पोखरा ३० भदौ । जेन जी आन्दोलनका क्रममा क्षतीग्रस्त पोखरा महनगरले नगरवासिका लागि असोज १ गते देखी नीयमीत रुपमा आफ्नो सेवा सुरु गर्ने भएको छ ।भदौ २४ मा भएको तोडफोड र आगजनीका क्रममा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय भवन पुर्ण रुपमा क्षतीग्रस्त भएको थियो । भवनमा गरिएको आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भएका छन् । कार्यालयका सबैजसो कोठाहरूमा आगो लगाइएको छ, भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामाग्रीहरू चोरी भएका छन् । चोरी भएका सामान फिर्ता… पुरा पढौ

नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण

काठमाडौ । नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण पछि आजै पदभार ग्रहण गरेका छन् । जेन जि आन्दाेलनवाट जलेको शीतल निवास प्राङ्गणमा सोमबार पाल टागेर मन्त्रीहरूले शपथ ग्रहण गरेक हुन् ।आज अर्थमन्त्रीका रूपमा पुर्व अर्थ सचिव रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा जेनजिका सल्लाहकार ओमप्रकाश अर्यालले शपथ लिए । पुरा पढौ

ननवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन पदभार ग्रहण

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। त्यसअघि कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ। आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी… पुरा पढौ

शितल निवासमा जुट्यो सहमति , प्रतिनिधि सभा विघटन गर्ने ,शुशिला कार्की प्रधानमन्त्री वन्ने

पोखरा । लगातार तिनदिनको छलफल पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने गरि राष्ट्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेको छ ।प्रतिनिधिसभा विघटन गर्ने र कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी युवा का तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास पुगेका थिए । पुरा पढौ

रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्केको खुलासा , कारागार प्रमुख नै पत्रवारे अनविज्ञ

पोखरा, २७ भदौ । रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्किएको खुलासा भएको छ । नख्खु कारागार प्रमुखले पत्रवारे अनविज्ञता प्रकट गरेपछि रविले सार्वजनीक गरेको पत्र नक्कली भएको खुलेको हो । नख्खु जेलबाट निस्केपछि रविले आफूलाई सुरक्षा दिन नसक्ने भन्दै जेल प्रशासनले नै कागज थमाएर जबर्जस्ती बाहिर निकालेको दाबी गरेका थिए । श्रीमती निकिताको फेसवुक अकाउन्टवाट लाईभ गर्दै रविले जेल प्रशासनले दिएको भन्दै एउटा पत्रसमेत सार्वजनिक गरेका थिए । नख्खु कारागार प्रमुख सत्यराज जोशीले शुक्रवार एक संचारमाध्यमलाई दिएको… पुरा पढौ

संविधान र संसद भित्रवाटै निकास खोज्न जेनजी युवालाई प्रचण्डको आग्रह

पोखरा, २६ भदौ । जेनजी युवाहरुले गरेको भदौ २३ र २४ गतेको प्रदर्शन पछि वाईसियल र पुर्व जनमुक्ति सेनाको सुरक्षामा अज्ञातस्थलमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संसदीय प्रक्रियावाटै समाधान खोज्न जेनजी युवाहरुलाई आग्रह गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जेनजी युवाले उठाएका माग संसदीय प्रक्रियावाटै पुरा हुन सक्ने मा आँफू आशावादी रहेको वताएका छन् । उनले संसद वाहिरवाट खोजिने राजनीतिक निकासले अन्तत प्रतिगमनलाई फाइदा पुग्ने भन्दै उनले लोकतन्त्र को विकल्प समुन्त लोकतन्त्र र… पुरा पढौ

अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको बैठक वस्दै

पोखरा २५ भदौ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त वनेको सेवा सुचारु गर्न मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बैठक बस्ने भएको छ । अत्यावश्यक सेवा प्रवाहका लागि सहज वनाउन मन्त्रालयका सचिवहरुको भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिए । विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका गर्नु वैठकको मुख्य उद्धेश्य रहेको छ । पुरा पढौ