
पोखरा । लगातार तिनदिनको छलफल पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने गरि राष्ट्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने र कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी युवा का तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास पुगेका थिए ।







