पोखरा महानगरले असोज १ देखी सेवा दिने, कुन कुन सेवा कहाँ कहाँ वाट ?

-


     गण्डकी बहस     
     भाद्र ३० गते २०८२ मा प्रकाशित


पोखरा ३० भदौ । जेन जी आन्दोलनका क्रममा क्षतीग्रस्त पोखरा महनगरले नगरवासिका लागि असोज १ गते देखी नीयमीत रुपमा आफ्नो सेवा सुरु गर्ने भएको छ ।
भदौ २४ मा भएको तोडफोड र आगजनीका क्रममा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय भवन पुर्ण रुपमा क्षतीग्रस्त भएको थियो । भवनमा गरिएको आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भएका छन् । कार्यालयका सबैजसो कोठाहरूमा आगो लगाइएको छ, भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामाग्रीहरू चोरी भएका छन् । चोरी भएका सामान फिर्ता गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरका सबै महाशाखा र शाखाहरूको सेवालाई समेत नियमित गर्ने गरी महानगरपालिकाले तालिका सार्वजनीक गरेको छ ।

महानगरपालिकाका अधिकांश वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ । वडा कार्यालयहरूको सेवालाई समेत नियमित गर्ने गरी आवश्यक व्यवस्थापनको पहल भइरहेको छ । आश्विन १ गतेदेखि वडा कार्यालयहरूको समेत सेवालाई सुचारु गरिने महानगरपालिककाले जनाएको छ ।