अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको बैठक वस्दै

-


     गण्डकी बहस     
     भाद्र २५ गते २०८२ मा प्रकाशित


पोखरा २५ भदौ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त वनेको सेवा सुचारु गर्न मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बैठक बस्ने भएको छ ।

अत्यावश्यक सेवा प्रवाहका लागि सहज वनाउन मन्त्रालयका सचिवहरुको भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका गर्नु वैठकको मुख्य उद्धेश्य रहेको छ ।