रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्केको खुलासा , कारागार प्रमुख नै पत्रवारे अनविज्ञ

-


     गण्डकी बहस     
     भाद्र २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ भदौ । रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्किएको खुलासा भएको छ । नख्खु कारागार प्रमुखले पत्रवारे अनविज्ञता प्रकट गरेपछि रविले सार्वजनीक गरेको पत्र नक्कली भएको खुलेको हो ।

नख्खु जेलबाट निस्केपछि रविले आफूलाई सुरक्षा दिन नसक्ने भन्दै जेल प्रशासनले नै कागज थमाएर जबर्जस्ती बाहिर निकालेको दाबी गरेका थिए । श्रीमती निकिताको फेसवुक अकाउन्टवाट लाईभ गर्दै रविले जेल प्रशासनले दिएको भन्दै एउटा पत्रसमेत सार्वजनिक गरेका थिए ।

नख्खु कारागार प्रमुख सत्यराज जोशीले शुक्रवार एक संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा उक्त पत्रको आधिकारिकताबारे आँफूलाई थाहा नभएको र पत्रमा धेरै विषय नमिलेको भन्दै यसबारे थप बोल्न नचाहेको बताएका छन् । कारागार प्रमुखले नै यस्तो टिप्पणी गरेपछि रविलाई गारागारवाट निस्कन किर्ते पत्र तयार पारेको आरोप सामाजिक संजाल प्रयोगकर्ताले लगाउदै आएका छन् ।

सहकारी ठगी मुद्दाको पुर्पक्षका लागि लामिछाने थुनामा थिए । उनलाई जेलबाट निकाल्ने भन्दै जेन–जी आन्दोलनमा सहभागी भएका युवाहरूले नख्खु कारागार घेरेका थिए । त्यसपछि लामिछानेसहित सबै कैदीबन्दी निस्केपछि नख्खु कारागार रित्तो भएको थियो ।