कास्की प्रहरी प्रमुखमा ओलिया गए, कार्की आए

-


     गण्डकी बहस     
     असाेज २ गते २०८२ मा प्रकाशित


पोखरा । जेन जी आन्दोलनका कारण कार्यालय तोडफोड र आगजनी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा नेतृत्व परिवर्तन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पी श्याम वावु ओलियाको ठाउमा एस पी नविन कार्की सरुवा भएर आएका छन् । एस पी ओलियाको नीयमित कार्यअवधि पुरा नहुँदै उनको सरुवा गरिएको हो ।

सरकारले असोज महिनाको तलब खाने गरी एस पी ओलिया सहित १० जिल्लामा प्रहरी प्रमुख हेरफेर गरेको छ भने ४८ एसपी सरुवा गरिएको छ
सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए म त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।