
काठमाडौ । नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण पछि आजै पदभार ग्रहण गरेका छन् । जेन जि आन्दाेलनवाट जलेको शीतल निवास प्राङ्गणमा सोमबार पाल टागेर मन्त्रीहरूले शपथ ग्रहण गरेक हुन् ।आज अर्थमन्त्रीका रूपमा पुर्व अर्थ सचिव रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा जेनजिका सल्लाहकार ओमप्रकाश अर्यालले शपथ लिए ।







