प्रमुख समाचार

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा म्याराथन
पोखरा, २२ माघ/ पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो… पुरा पढौ

पोखरामा बेहुला चढेको कार दुर्घटना

पोखरा, २२ माघ/  पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा शनिबार बिहान बेहुला चढेको कार दुर्घटनामा परेको छ । ग२च ३११७ नम्बरको जीपले ग२च ८५५२ नम्बरको कारलाई ठक्कर दिंदा दुर्घटना भएको हो । कारमा दुहली लिन जाँदै गरेका स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का बेहुला दीपक खत्री लगायत सवार थिए । उनी बेहुली लिन गैंडाकोट जाँदै थिए । दुर्घटनामा कार र जिपमा सवार सबैलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर… पुरा पढौ

लौ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा, १८ माघ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । निगमले प्रेस विज्ञप्ति जारी गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा हालको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्यअनुसार पेट्रोल प्रति लिटर १४२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १२५ रुपैयाँ कायम भएको छ ।आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढेर ११६ रुपैयाँ कायम भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर १… पुरा पढौ

एमाले कास्कीका जनसंगठनद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, १८ माघ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । निर्वाचन आयोगले समेत संविधानको पालना गर्न स्थानीय तहको अवधि नकटाई निर्वाचन घोषणा गरिदिन गरेको आग्रहलाई समेत बेवास्ता गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आलटाल गरिरहेको जनसंगठनले ठहर गरेको छ । ‘नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र संघीय… पुरा पढौ

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा
दुर्गा खनाल /१७ माघ काठमाण्डौ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि… पुरा पढौ

पोखरामा १ किलो सुनसहित युवक पक्राउ

पोखरा, १६ माघ/ कास्की प्रहरीले १ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले एक किलो आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए । काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेको तिवारीले जानकारी दिए ।… पुरा पढौ

थप बजेट माग्न गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीको टोली काठमाडौंमा

काठमाडाैं, १६ माघ / अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेश भित्रका विकासे आयोजना अलपत्र पर्ने भएपछि गण्डकी प्रदेश सरकारले संघ सरकारलाई घच्घच्याएको छ । पूर्वाधार, खानेपानी समेत गरी झन्नै १६ अर्बका बहुवर्षे योजना ठेक्कामा अघिल्लो सरकारले लगाएका कारण कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले नयाँ योजना ल्याउन सक्ने अवस्था नै थिएन । नेकपा एमालेको सरकार ढल्नुभन्दा केही अघिसमेत गण्डकीमा बहुवर्षे योजनाहरु ठेक्का लगाइएको थियो । बहुवर्षे योजनाको १६ अर्बमध्ये चालु आवका लागि ५ अर्बमात्र विनियोजन भएको छ । रकम अभावकै कारण… पुरा पढौ

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

पोखरा १६ माघ / बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् । प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।… पुरा पढौ

मनाङलाई हराउँदै एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ/ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत फ्रांकलिन कुटे… पुरा पढौ

पोखरामा श्रीकृष्ण ज्वेलरी संचालन

पोखरा, १४ माघ/ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा संचालनमा ल्याएका हुन् । विगत २६ बर्ष देखि सुन चाँदी व्यवसायीमा जोडिएका घिमिरे १३ बर्ष अर्कोको पसलमा सेल्समेनको रुपमा काम गरेको अनुभव सम्हाले घिमिरे १२ बर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल संचालन गरे पनि अब… पुरा पढौ