प्रमुख समाचार

पोखराको न्यूरोडमा टेक्स्टुडियो

पोखरा, ८ माघ/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए । युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए । उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य… पुरा पढौ

कास्कीमा १ सय ३८ स्वास्थ्यकर्मीलाई कोरोना, गण्डकीमा २ सय ६८ जना

पोखरा, ७ माघ/ कोरोनाको तेस्रो लहरले गण्डकी प्रदेशका २ सय ६८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । सबै भन्दा धेरै कास्कीका स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ । कास्कीका १ सय ३८ जनालाई कोरोना भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । गण्डकी प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ३६ चिकित्सक सहित ७१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको निर्देशनालले जनाएको छ । प्रसूति कक्षमा कार्यरत ११ चिकित्सक र हाडजोर्नी कक्षका ९ नर्समा एकैसाथ कोरोना देखिएपछि यी दुवै क्षेत्रमा सेवा… पुरा पढौ

प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा जुटेको छः मुख्यमन्त्री पोखरेल

पोखरा, ६ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’ नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पोखरा, ५ माघ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । मुल्य बढे सगँ पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने… पुरा पढौ

पोखरामा ४२ तोला अवैध सुनसहित २ जना पक्राउ

पोखरामा ४२ तोला अवैध सुनसहित २ जना पक्राउ
पोखरा, ४ माघ/ कास्की प्रहरीले ३९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा चेकजाचका क्रममा करिब ३९ लाख मूल्य बराबरको अवैध सुनसहित बागलुङ नगरपालिका ७ का २० वर्षीय अम्मर विश्वकर्मा र म्याग्दी अन्नपूर्ण २ का २९ वर्षीय अङ्कित सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । कास्कीमा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरुीले सवारीसाधन चेक जाँच गर्ने क्रममा विश्वकर्माको साथबाट माघ १ गते २० तोला ४३… पुरा पढौ

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने
पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लबले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । २० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।… पुरा पढौ

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई २ लाख ४३ हजार आर्थिक सहयोग

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई २ लाख ४३ हजार आर्थिक सहयोग
पोखरा, ३ माघ/ लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।… पुरा पढौ

पोखरामा थपियो जायन्ट स्वीङ

जायन्ट स्वीङ
पोखरा, २ माघ/ साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिदै आएको पोखरामा जायन्ट स्वीङ थपिएको छ । स्वीङ थपिए सँगजिपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ । हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जिपलाइन, सन् २०१४ बञ्जी जम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ यस वर्षबाट थप गर्दै सञ्चालनमा ल्याएको छ ।  पर्यटनलाई आकर्षण गर्न सुपरम्यान जिपलाइन र जायन्ट स्वीङ सुरू गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिए । उलने नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण… पुरा पढौ

टाइगर कप भलिबलको उपाधि आर्मी र एपीएफलाई

पोखरा, १ माघ/ दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल… पुरा पढौ