प्रमुख समाचार

कास्कीका दुई हाइड्रोपावरको आइपिओ आउदै

हाइड्रोपावर
पोखरा, २९ पुष /कास्कीमा निमार्ण भइरहेको दुई हाइड्रोपावरको आइपिओ निकाल्ने तयारीमा छन् । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले छिटै र कास्कीको माछापुच्छ«े गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले आइपिओ निकाल्ने भएका हुन् । सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख कित्ता सेयर निस्कासन गर्न लागेको छ । सर्वसाधारण लगानीकर्तामा निस्कासन गर्न सानिमा क्यापिटल लिमिटेडलाई निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । त्यसै गरी सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी… पुरा पढौ

आफूमाथि लगाइएका आरोपबारे बतास समूहको प्रतिक्रिया, यस्तो छ (विज्ञप्ति सहित)

पोखरा, २९ पुष/ बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालय, पशुपतिको धर्मशाला सञ्चालन, पोखरा सेतीको रामघाट लगाएतका क्षेत्रमा लगाइएको आरोपबारे प्रतिक्रिया दिएको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो भएको दाबीसमेत गरेका छन् । यस्तो छ विज्ञप्ति विभिन्न सञ्चार माध्यममा लगाइएका आरोपहरुबारे बतास अर्गनाईजेशनको प्रेस विज्ञप्ति गतहप्तादेखि बतास अर्गनाईजेशनका विरुद्ध विभिन्न छापा… पुरा पढौ

पञ्चासेमा हिमपात

हिमपात
पोखरा, २९ पुष/ बुधबार साझँ पोखरा २३ पञ्चासेमा हिमपात भएको छ । कास्कीका अन्य पर्यटकिय स्थलहरुमा पनि हिमपात भएको स्थानियहरुले बताएका छन् । पञ्चासेमा हिउ परेको पोखराको लेकसाइडबाट प्रस्ट देख्न सकिन्छ । पञ्चासेमा हिउ खेल्नका लागि पोखराबाट युवापुस्ता त्यस तर्फ गएका छन् । बुधबार साँझबाट हल्का बर्षा भएको थियो । वर्षा पछि पोखरामा पोखरामा पनि चिसो अत्याधिक बढेको छ । पुरा पढौ

बतासमाथि ज्यादती भयो, क्षतिपूर्ति देऊः पोखरा उद्योग वाणिज्य संघ

पोखरा, २८ पुष/ पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसन माथि कारबाही नगर्न विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ । संघले नारायणहिटी राजदरबारमा बतास समूहले बनाउँदै गरेको संरचना सरकारले प्रक्रिया नपु¥याई भत्काएको बताएको छ ।कानुन र सम्झौतामा उल्लेख गरिएअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा सम्झौता तोड्दा दुबै पक्षले सर्तहरू मान्नुपर्ने पनि बताइएको… पुरा पढौ

राजुकमारको ह्याट्रिकमा आयोजक बगर भाई खलकको दोश्रो जित

फुटबल
पोखरा, २८ पुष/ राजकुमार गुरुङको ह्याट्रिकमा पोखराको ऐतिहासिक टुँडी खेल मैदानमा जारी ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’मा आयोजक टिम बगर भाई खलकले लगातार दोश्रो जित दर्ता गरेको छ । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा आयोजक टिमले वालिङ भेट्रान्स स्याङजा माथी ५–० गोलले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेलमा ह्याट्रिक… पुरा पढौ

टाइगर कप भलिवलः पुलिसको अपराजित यात्रा कायम

टाइगर कप भलिबलः पुलिसको अपराजित यात्रा कायम
पोखरा, २८ पुष/ पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ अपराजित यात्रा कायम गर्दै विभागिय नेपाल पुलिस क्लव फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा महिला तर्फको खेलमा भने आयोजक टिम टाइगर ग्रुपले लगातार आफ्नो खेल गुमाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दा आयोजकको महिला टिम टाइगर ग्रुप न्यू डायमण्ड संग ३–० को सोझो सेटमा हार व्यहोर्न वाध्य… पुरा पढौ

अन्नपुर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन

अन्नपुर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन
पोखरा, २८ पुष /अन्नपुर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८/०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ । गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ… पुरा पढौ

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

मनबहादुर गुरूङ
पोखरा, २८ पुष/ नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको नतिजा बुधबार बिहान आएको हो । गुरुङले ४९ मतले पछि पार्दै दामोदर बैरागीलाई पराजित गरे । गुरुङले ४ सय ५६ मत प्राप्त गरे भने बैरागीले ४ सय ७ मत प्राप्त गरे । गुरूङ र बैरागी प्यानलसहित चुनावमा होमिएका थिए । एमाले नेताहरू पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारीको दुई छुट्टाछुट्टै प्यानललाई समर्थन थियो । उपमहासचिव पृथ्वीसुब्बाले मनबहादुर र संगठन विभाग प्रमुख खगराजले दामोदरलाई समर्थन गरेका… पुरा पढौ

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए। नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। नेकपा (एकीकृत समाजवादी)का पाण्डे… पुरा पढौ

मुख्यमन्त्रीको चाहाना : त्रिवेणी – कोरोला कनेक्सन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए छन् । जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न… पुरा पढौ