प्रमुख समाचार

आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक’ – मन्त्री गुरुङ

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी छन । लेखनाथ उद्योग वाणिज्य संघले सोमबार लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन ।महिला उद्यमीले आफ्नो अधिकार र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी पाएमा आत्मविश्वास मात्र बढ्दैन, व्यवसाय पनि थप सुरक्षित र प्रतिस्पर्धी बन्छ ।–मन्त्री गुरुङले भनिन् ।उनले नेपालको संविधानले प्रत्याभूत गरेको समानता र… पुरा पढौ

समीप वैरागीकाे कविता कृतिकाे परिचर्चा

पाेखरा । पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ।नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले #साहीमासा माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो। परिचर्चाका क्रममा साहीमासामा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य,… पुरा पढौ

पोखरा घर’ आजदेखि संचालनमा,पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति एउटै थलाेमा

पोखरा । पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्नध गर्ने उद्देश्यले निर्माण गरिएकाे ‘पोखरा घर’ काे आज एक समारोहबीच पाेखरा महानगर प्रमुख धनराज  आचार्य र उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गर्नुभयो ।  कुल दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको बहुउद्देश्यीय केन्द्र पोखरा घर’ निर्माणमा ६ करोड १२ लाख रुपियाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।‘पोखरा घर’मा कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको टिकट बुकिङ काउन्टर र पोखरा… पुरा पढौ

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप 

पोखरा ,२६ साउन ।  गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ । समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो      … पुरा पढौ

होटल संघद्वारा बोर्ड सदस्य पोखरेललाई स्वागत

पोखरा, १८ साउन । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले… पुरा पढौ

स्थगित भएको तीन साता पछि गण्डकी प्रदेस सभा वैठक आज वस्ने, गाँजा खेतिका लागि विधेयक पुनर्विचारका लागि सदनमा पेस हुँदै

पाेखरा , १५ साउन । तिन साता देखि स्थगित गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे वस्न लागेको छ । आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ’, उनले भने… पुरा पढौ

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

काठमाडौं ९ साउन, । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर-घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आसार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्… पुरा पढौ

लेखनाथमा खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण, यसैवर्ष देखी घट्यो पानीको महशुल

लेखनाथ, ०९, साउन । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले आँफु मातहतका क्षेत्रिय उपसमिति र खानेपानी सुरक्षा उप–समितिका पदाधिकारी एवं सदस्यहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेर खानेपानी सुरक्षा सम्बन्धी सचेतना जगाउने काम गरेकोे छ ।संस्थाले वितरण गर्ने खानेपानी मुहानदेखी उपभोक्ताको भान्सा हुँदै मुखसम्म सुरक्षित राख्ने उद्देश्यले क्षेत्रिय समिमितका सदस्यहरुलाई सस्थागत जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा संस्थाका अध्यक्ष मुरारी शर्माले संस्थाले क्षेत्रगत रूपमै समस्या समाधान गर्ने गरी नयाँ कार्यशैली अघि सारेको वताए । उनले अवदेखी क्षेत्रीय बैठकहरूमा सम्बन्धित क्षेत्रका… पुरा पढौ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की  जिल्ला स्तरिय अध्ययन समितिको सांसद र राजनीतिक दलहरूसंग छलफल 

पोखरा ,८ साउन । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यक्रम  सम्पन्न भएको छ। सुझाब संकलनका क्रममा दोश्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक दलहरूसंग छलफल तथा अन्तरक्रिया गरिएको हो।   बैठकको  अध्यक्षता गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भुमिकालाई प्रभाबकारी रूपमा सम्पन्न गर्न बैठक आयोजना  गरिएको भन्दै कास्कीका पाँच पालिका सहित समाजका अगुवा, राजनीतिक दल ,सामाजिक संघ संस्था… पुरा पढौ

समस्याको पहिचान र समाधानको उपाय खोज्दै जनतासँग सांसद पौडेल

पोखरा, ८ साउन । कास्की क्षेत्र नं २ का संघिय सांसद उत्तम प्रसाद पौडेल यतिवेला जनताको घरदैलोमा व्यस्त छन् । संसद अधिवेशन नचल्दा प्राय उनी आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ पुग्ने गर्दछन । त्यहा उनले आँफु प्रतक्ष सहभागि भएर स्थानिय जनतासँग संवाद र छलफल चलाउछन् । स्थानियले दिएको सुझाव, उनीहरुका गुनासा, समस्याको पहिचान र समाधानका उपायहरुको खोजी गर्दै सांसद पौडेलले त्यस क्षेत्रका योजनाको टिपोट गर्दछन । भूईतहका जनतासँगको छलफल र त्यहावाट आएको निष्कर्षलाई परिणाममुखी वनाउन उनले सम्वन्धीत निकायसँग समन्वयात्मक भूमीका खेलिरहेका… पुरा पढौ