प्रमुख समाचार

पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

बिक्री भइसकेका गाडीको ब्याट्री वारेन्टी विस्तारको घोषणा पोखरा । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा… पुरा पढौ

पोखरा विश्वविद्यालय सुपरकप फुटबल हुने

लेखनाथ, १९ जेठ । पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार तथा उपविजेता टोलीले नगद रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कलेजहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना… पुरा पढौ

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको रु. ५ लाख सहयोग घोषणा

पोखरा १९ जेठ । नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। वि.सं. २०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔं” भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो। पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ। पोखरा… पुरा पढौ

नगरपालिकाको पुनःस्थापनाको लागि साविक लेखनाथवासि एकजुट, प्रशासनिक सहजता र विकासकाे सन्तुलनका लागि पुनस्र्थापना आवश्यक

लेखनाथ, १९ जेठ । कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकाको पुनःस्थापनाको मागमा साविक लेखनाथवासि एकजुट भएका छन । लेखनाथवासिकाे मागमा पोखरा महानगरपालिका वडा नं.२६ देखि ३३ सम्मका जनप्रतिनिध, अभियन्ता र सथानिय संघसंस्थाका नेतृत्वले साथ र समर्थन जनाएका छन ।साविकको लेखनाथ नगरपालिका लाई व्युताउन स्थानियले लेखनाथ नगरपालिका पुनस्थापना पहल समिति वनाएर अगाडि वढेका छन । जस्काे नेतृत्व लेखनाथ नगरपालिकाका सस्थापक मेयर शालिकराम पाैडेलले गरेका छन । स्थानीय तह पुनर्संरचनापछि पोखरा महानगरपालिकामा समाहित लेखनाथ क्षेत्रका नागरिकको भावना, पहिचान र विकासका आवश्यकतालाई सम्बोधन गर्न… पुरा पढौ

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

जेठ १८ पोखराजिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकार लाइ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।  पौडेलका अनुसार आगामी आर्थिक बर्षको बजेटमा  योजना पुरा गर्न… पुरा पढौ

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

पोखरा, जेठ १३ । मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो ।प्रेम, माया र समर्पणको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको शब्द तथा सिर्जना समीर रामदामले लेखेका हुन भने निर्देशन अनुप अधिकारीले गरेका हुन् । गीतले भावनात्मक सम्बन्धलाई सरल र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।म्युजिक भिडियोमा समीर रामदाम, सिम्रन बुनु,… पुरा पढौ

सेती नदीको खोचमा हाम फालेका युवकको शव उद्धार

पोखरा, ११ जेठ – पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ। भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्दै आएका ३४ वर्षीय मुकेश महतो जेठ १० गते राति पौने १० बजे सेती नदीको खोचमा हाम फालेर बेपत्ता भएको खबर प्राप्त भएको थियो। खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १८ जनाको… पुरा पढौ

कास्कीमा असार एक गतेदेखि तिन महिना  नदि तथा खानीजन्य सामाग्री उत्खननमा रोक

पोखरा ,जेठ ७ । कास्कीमा असार एक गते बाट  नदि तथाखानी जन्य सामाग्री उत्खननमा रोक लगाइएको छ । ढुंगा ,गीटी,बालुवा उत्खनन्,बिक्रि तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७को दफा ९ बमोजिम गठन भएको जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बुधबार सम्पन्न बैठकले मापदण्ड बमोजिम असार ,साउन र भदौ तिन महिना उत्खनन् गर्ने नपाइने ब्यबस्था बमोजिम सो निर्णय गरिएको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका  प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका… पुरा पढौ

१०औँ  रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा… पुरा पढौ

मन्त्रीहरुकाे मर्यादाक्रममा हेरफेर,तेस्रो वरियताका गृहमन्त्री सुदन गुरुङ पाँचौ वरियतामा

प्रधानमन्त्री वालेन्द्र शाहले संघिय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेका छन् । आज वसेकाे मन्त्रीपरिषद वैठकवाट मर्यादाक्रम हेरफेर गरेका हुन । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । यसअघि तेस्रो नम्बर वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाचौं नम्बरमा पुगेका छन् । नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् । छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल… पुरा पढौ