प्रमुख समाचार

प्रतिनिधि सभा निर्वाचनका लागी उल्लाहासपुर्ण वतावरणमा देशभर मनोनयन दर्ता , कास्कीमा तीन जना प्रतिनिधि सभा सदस्यका लागी ३९ जनाको उम्मेदवारी

पोखरा, ६ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी देसभर उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएका छन् । आगामी फागुन २१ मा हुने प्रतक्ष तर्फको निर्वाचनका लागि देशभरको १६५ निर्वाचन क्षेत्रमा तीन सय ३ जना महिला सहित २ हजहार ६ सय ५५ जनाले निर्वाचन आयोगको कार्यालय पुगेर आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । राजनीतिक दल र स्वतन्त्रका तर्फवाट उत्साहजनक र शान्तीपुर्ण रुपमा दिएको यो उम्मेदवारीले देस अव निर्वाचन मय वनेको छ । मनोनयन दर्ताका लागी निर्वाचन आयोगले विहान १० वजेदेखी वेलुकी… पुरा पढौ

१४ औं पोखरा महोत्सव सुरु

पोखरा । पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा… पुरा पढौ

राष्ट्रिय एकता दिवसले देशबासीमा एकताको भावना मजबुत बनाउछ – प्रदेश प्रमुख भट्ट

पोखरा, २७ पुस । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा… पुरा पढौ

पोखरा महोत्सवको तयारी पुरा

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा… पुरा पढौ

सक्षम वचत तथा ऋण शहकारीको १७ औं सााधारणसभा सम्पन्न

पोखरा २७ पुस । सक्षम वचत तथा ऋण शहकारी सस्थाको १७ अ‍ौं वार्षिक साधारणसभा आईतवार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि शिक्षाबिद्ध तारावहादुर घिमिरेले पछिल्लो समयमा विभिन्न शहकारीमा देखिदै आएका विविध जटिलतालाई संचालक समिति , शहकारि सदस्य र नियमनकारी निकाय सवैको सक्रिय सहभागीताले मात्र शहकारीका जटिलता लाई चिर्दै संस्थालाई अगाडि वढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमको अध्यक्षता गर्नुभएका सस्थाका अध्यक्ष अर्जुन नागिलाले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुल चुक्ता पुँजी… पुरा पढौ

विश्व ब्रेल दिवसका अवसरमा सस्वर ब्रेल पठन प्रतियोगिता

पोखरा, २१ पुस । २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ ।पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो ।कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा… पुरा पढौ

प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न

पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको… पुरा पढौ

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल 

पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।  एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।  बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पौडेल त्रिलोकेश्वर… पुरा पढौ

विप्लवलाई जेनजी  मुभमेन्टको साथ 

पाेखरा ।जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ। मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ लैजानु सामाजिक द्वन्द्वलाई गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ। मिति २०८२ पौष ११ गते जारी प्रेस वक्तव्यमा भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा भएको जेनजी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्ति भएको उल्लेख गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ। वक्तव्यमा वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको दाबी गर्दै तुरुन्तै सत्ता छोड्न माग गरिएको छ। साथै देशलाई विद्यमान संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्त गर्न सर्वपक्षीय सरकार निर्माण गरी सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिइएको छ। यसैक्रममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाउँदै, जेन्जी विद्रोहका मुद्दा पूरा गराउन उक्त राजनीतिक दलसहित रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न जेन्जी मुभमेन्ट नेपाल तयार रहेको प्रवक्ता विजय शाहले बताएका छन्। प्रवक्ता शाहका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि केन्द्रित छ। जेन्जी मुभमेन्ट नेपालले यसअघि नै सर्वपक्षीय सरकार निर्माणका लागि वर्तमान सरकारको राजिनामा मागिसकेको थियो।आज मात्रै माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सुशीला कार्कीलाई धम्की दिँदै सर्वपक्षीय सरकार बन्नुपर्ने अडान लिएका छन्।  पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र… पुरा पढौ