प्रतिनिधि सभा निर्वाचनका लागी उल्लाहासपुर्ण वतावरणमा देशभर मनोनयन दर्ता , कास्कीमा तीन जना प्रतिनिधि सभा सदस्यका लागी ३९ जनाको उम्मेदवारी

-


     गण्डकी बहस     
     माघ ७ गते २०८२ मा प्रकाशित


पोखरा, ६ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी देसभर उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएका छन् । आगामी फागुन २१ मा हुने प्रतक्ष तर्फको निर्वाचनका लागि देशभरको १६५ निर्वाचन क्षेत्रमा तीन सय ३ जना महिला सहित २ हजहार ६ सय ५५ जनाले निर्वाचन आयोगको कार्यालय पुगेर आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । राजनीतिक दल र स्वतन्त्रका तर्फवाट उत्साहजनक र शान्तीपुर्ण रुपमा दिएको यो उम्मेदवारीले देस अव निर्वाचन मय वनेको छ । मनोनयन दर्ताका लागी निर्वाचन आयोगले विहान १० वजेदेखी वेलुकी ५ वजेसमम समय तोकेको थियो । तर केही जिल्लामा उम्म्मेदवारी दर्ताका लागी निर्वाचन आयोगको कार्यालय भित्र लाईनमा वसेकाकारण राती ८ वजेसमम पनि लाग्न सकने निर्वाचन आयोगले जनाएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन पत्रदर्ता गरेका छन् । २०७९को निर्वाचनमा एमालेका मनवहादुर गुरुङले जित हात पारेको यस क्षेत्रमा नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कांग्रेसबाट तीलक रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस), नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ (करण), उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा, श्रम संस्कृति पार्टीबाट बिलबहादुर तामाङ, विप्लव नेतृत्वको नेकपा माओवादीबाट कुमार परियार, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसन पार्टीका श्रीमान थापा मगर र स्वतन्त्रबाट कृष्णबहादुर राउतले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसका रानाभाट महासमिति सदस्य हुन् भने एमालेका अधिकारी एमाले कास्कीका अध्यक्ष हुन् । त्यस्तै, नेकपाका राजकाजी पार्टीका केन्द्रीय सदस्य तथा रास्वपाका गनेस पनि केन्द्रीय सदस्य हुन् ।

कास्की–२ मा ँ ७ राजनीतक दल र एक स्वतन्त्र गरि ८ जनाले उम्मेदवारी दर्ता गरका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा (आमोद), रास्वपाबाट उत्तम पौडेल, नेपाली कांग्रेसका मधु बास्तोला, एमालेका रस्मी आचार्य, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राप्रपाबाट हेमजङ गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका विनिता अवाल र स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । कास्की–२ मा एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ भने अन्य पार्टीहरु आफ्नो जित हात पार्ने दाउमा छन् । ।

कास्की–३ मा ले १५ जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाट मनोज गुरुङ, एमालेबाट दामोदर पौडेल (बैरागी), नेकपाबाट गोपाल गिरी, रास्वपाबाट बिना गुरुङलगायतले उम्मेदवारी दर्ता गरेका छन् । यो क्षेत्र अघिल्लो पटक एमालेकै दामोदर बैरागीले जितेको क्षेत्र हो । उनी अहिले पनि एमालेबाट उम्मेदवार छन् ।