साईवर व्युरोमा वयान दिन पुगे महेश बस्नेत

-


     गण्डकी बहस     
     असाेज २२ गते २०८२ मा प्रकाशित


पोखरा, २२ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेत नेपाल प्रहरीको साईवर व्युरोमा पुगेर वयान दिएका छन् । वस्नेत विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिईन । सोही उजुरीका आधारमा साईवर व्युरोले वस्नेतलाई वयानका लागि वोलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो ।

‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ,’ ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘पहिला प्रमाण जुटाएपछि मात्रै उहाँविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुन्छ ।’

सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जती गरेको, अाँफूलाई वलत्कार गरि भ्रुण हत्यासम्म गरेको पीडित शोभा पाठकले वताउदै आएकी छन् ।