प्रमुख समाचार

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा हेमजामा सरसफाई

पोखरा १८ चैत । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ ।११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी… पुरा पढौ

सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला

पोखरा, १७ चैत । ६६ आँै राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरा महानगरपालिका सहकारी शाखाले शनिवार “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला गोष्ठीका आयोजना गर्यो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले हाल सहकारीमा देखिएको छाडातन्त्रले सदस्यको विश्वास गुम्दै जाने खतरालाई कम गर्न समय–समयमा सदस्यसँग अन्तरकृया तथा छलफल गर्नुपर्नेे बताए ।सदस्यलाईबढी व्याजको प्रलोभन देखाएर खराव नियत भएका व्यत्तिले सहकारी सञ्चालन गर्र्दा ठगिने गरेको बताउँदै उनले त्यसो हुन नदिनका लागी सहकारी सञ्चालक, कर्मचारी र स्वयम् शेयर सदस्य निकै चनाखो… पुरा पढौ

पार्किङ व्यवस्थापन जित र हारको विषय होइन ः प्रमुख आचार्य

पोखरा, २४ माघ ।पोखराको मुख्य बजार क्षेत्रपृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँँदै पृथ्वीचोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँगछलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दरबनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो ।‘पोखराको मुख्य क्षेत्रबाट सार्न सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराअन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सधैं सुन्दर हुनैपर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो ।सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङकोविकल्पका… पुरा पढौ

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् – प्रमुख आचार्य

पोखरा, २३ माघ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए… पुरा पढौ

प्रदेस सभा सदस्यमा एमाले नेता अधिकारीको उम्मेदवारी

पोखरा, २३ असोज । नेकपा एमालेका नेता एवं पुर्वगृहमन्त्री खखगराज अधिकारीले मंसिर ४ गते हुने निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।यस अघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले यसपटक भने प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका हुन् । उनले कास्की क्षेत्र नं १को १ वाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।नेता अधिकारीको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अधिकारीलाई एमालेले अगाडी वढाएपछि उनले प्रदेस सभाका लागी उम्मेदवारी दिएका हुन्… पुरा पढौ

समाजलाई पुर्नताजकी गर्न मौलिकतामा आधारित नेपाली पर्वहरूको भूमिका महत्त्वपूर्ण छ – प्रमुख आचार्य

पोखरा, १५ असोज ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उहाँले बताउनुभयो… पुरा पढौ

पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण

पोखरा, २ असोज । पोखरामा वसोवास गर्दै आएका किराँत लिम्वुहरुको मातृभाषा संरक्षण गर्ने उद्धेश्यले शनिवार पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।किरांत याक्थुङ चुम्लुङ,पोखरको सहकार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा २७ जना प्रशिक्षार्थी सहभागि भएका थिए । कार्यक्रम भाद्र ४ गते देखी २८ गतेसम्म संचालन गरिएको थियो । प्रशिक्षार्थीहरुलाई किरात भाषाका विज्ञ दिनेश लिम्वु र संजय लिम्वुले प्रशिक्षण दिनुभएको थियो ।किरांत याक्थुङ चुम्लुङ पोखराका अध्यक्ष धनवहादुर लिम्वुको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहभागिहरुलाई… पुरा पढौ

गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार वाट गण्डकी वहसका कार्यकारी संपादक तिमिल्सेना र फोटोपत्रकार गुरुङ सम्मानीत

पोखरा – गण्डकी वहस डटकमका कार्यकारी संपादक एवं रेडियो नेपालका संवाददाता रामप्रसाद तिमिल्सेना र फोटो पत्रकार राम गुरुङ गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानीत भएका छन् । पोखरामा रहेर विगत दुई दशक भन्दा वढी समय पत्रकारिता गर्दै आएका तिमिल्सेना गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार २०७८ वाट र फोटो पत्रकार गुरुङ २०७७ वाट सम्मानीत भएका हुन् ।पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एंव गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई दोसल्ला ओढाएर जनही नगद रु २५ हजार एक र सम्मानपत्रले सम्मान… पुरा पढौ

पुर्वेली एकता समााजको भवन उद्घाटन र रक्तदान

पोखरा, ८ साउन । पुर्वेली एकता समाज पोखराले आज देृखी विधिवत रुपमा आफ्नो कार्यालय स्थापना गरेको छ । पोखरा महानगरपालिकाको वडा नं ९ मा सटर भाडाामा लिएर कार्यालय संचालनमा ल्याएको हो । पुर्ववाट आएर पोखरामा वसोवास गर्दै आएकाहरुको छाता सस्थाको रुपमा रहेको पुर्वेली समााजले कार्यालय उद्घाटन सँगै आज रक्तदान कार्यक्रमको आयोजना ग¥यो । समाजले पुर्ववाट आएर पोखरामा विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएकाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक सहयोग गर्दै आएको छ ।कार्यालयको उद्घाटन एवं रक्तदान कार्यक्रमको शुभारम्भ पश्चिमाञ्चल खेलकुद… पुरा पढौ

गण्डकी सरकारबाट ५४ वटा ऐन पारित, ३९ ऐन कार्यान्वयनमा

पोखरा २९ असार । गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी गराउनुभयो ।‘गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा ऐन निर्माण भएका छन । तीमध्ये २ वटा ऐन (स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन, २०७४ र प्रदेश नं ४, प्रदेश… पुरा पढौ