सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला

-


     गण्डकी बहस     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


पोखरा, १७ चैत । ६६ आँै राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरा महानगरपालिका सहकारी शाखाले शनिवार “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला गोष्ठीका आयोजना गर्यो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले हाल सहकारीमा देखिएको छाडातन्त्रले सदस्यको विश्वास गुम्दै जाने खतरालाई कम गर्न समय–समयमा सदस्यसँग अन्तरकृया तथा छलफल गर्नुपर्नेे बताए ।
सदस्यलाईबढी व्याजको प्रलोभन देखाएर खराव नियत भएका व्यत्तिले सहकारी सञ्चालन गर्र्दा ठगिने गरेको बताउँदै उनले त्यसो हुन नदिनका लागी सहकारी सञ्चालक, कर्मचारी र स्वयम् शेयर सदस्य निकै चनाखो हुनुपर्नेमा उनले जोड दिए ।
कार्यशाला गोष्ठिमा सहकारी समितिका अध्यक्ष रविरमण तिवारी र नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथी सहकारी रजिष्ट्रारको कार्यालयका इश्वरी ढकाल र नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले टिप्पणी गरेका थिए ।
पोखरा महानगरपालिका सहकारी शाखाका शाखा प्रमुख तथा दर्ता अधिकारी भरतराज पौडेलले सञ्चालन गर्नुको सहकारी शाखाको अधिकृत ऋषिराम सापकोटाले कार्यक्रमको व्यवस्थापन गरेका थिए भने उक्त कार्यक्रममा सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
कार्यशालाले सुसाशन सहितको उत्कृष्ठ, गुणस्तरिय, दिगो र नीतिगत सर्वोच्चता कायम भएको सहकारी निर्माण गर्नुपर्ने, समयानुकुल आधुनिक प्रविधिको समुचित प्रयोग गर्न र सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन समय–समयमा विषयगत तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने, दिगो सहकारी निर्माणका लागि अल्पकालिन र दीर्घकालिन रणनितिक योजना मार्फत विद्यमान तरलता अभाव लगायतका समस्या निराकरण गर्नुपर्ने , सदस्यतामा संख्यात्मक भन्दा गुणात्मक तवरले बृद्धि गर्नुपर्ने लगाएतका विभिन्न ११ वटा निर्णय गरेको छ ।