
पोखरा, ८ साउन । पुर्वेली एकता समाज पोखराले आज देृखी विधिवत रुपमा आफ्नो कार्यालय स्थापना गरेको छ । पोखरा महानगरपालिकाको वडा नं ९ मा सटर भाडाामा लिएर कार्यालय संचालनमा ल्याएको हो । पुर्ववाट आएर पोखरामा वसोवास गर्दै आएकाहरुको छाता सस्थाको रुपमा रहेको पुर्वेली समााजले कार्यालय उद्घाटन सँगै आज रक्तदान कार्यक्रमको आयोजना ग¥यो । समाजले पुर्ववाट आएर पोखरामा विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएकाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक सहयोग गर्दै आएको छ ।
कार्यालयको उद्घाटन एवं रक्तदान कार्यक्रमको शुभारम्भ पश्चिमाञ्चल खेलकुद विकास समितिका लेखा प्रमुख डि.वी नेपालीले गरेका थिए । सो अवसरमाा उनले पुर्वेली एकता समाजले पोखराको विकास निर्माणमा महत्वपुर्ण योगदान रहेको बताए ।
कार्यक्रममा लेखक तथा समाजसेवी विपिन आचार्य, किरात समाजका अध्यक्ष लोकेन्द्र राई, रक्तदान केन्द्र पोखराका सहायक प्रमुख महेन्द्र केसीले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ५० युनिट रगत संकलन गरिएको थियो ।
कार्यक्रममा सहभागि भएका अतिथिहरुलाई पुर्वेली एकता समाजले किरांत पहिचानी व्याज (सिलाम साक्मा) दिएर स्वागत गरेको थियो । सिलाम साक्मा लाई मृतुको बाटो छेक्ने प्रतिकको रुपमाा लिने गरिन्छ । सिलाम साक्मा लिएको व्इक्तिलाई चोटपटक नलाग्ने र अकालमा मृतु नहुने जनविश्वास किरात समूदायमा रहदै आएको छ । उक्त कार्यक्रको अध्यक्षता समाजका अध्यक्ष गुणराज वास्तोलाको अध्यक्षतामा भएको थियो भने संचालन सचिव मंगल लिम्वुले गरेका थिए ।







