पोखरा – गण्डकी वहस डटकमका कार्यकारी संपादक एवं रेडियो नेपालका संवाददाता रामप्रसाद तिमिल्सेना र फोटो पत्रकार राम गुरुङ गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानीत भएका छन् । पोखरामा रहेर विगत दुई दशक भन्दा वढी समय पत्रकारिता गर्दै आएका तिमिल्सेना गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार २०७८ वाट र फोटो पत्रकार गुरुङ २०७७ वाट सम्मानीत भएका हुन् ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एंव गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई दोसल्ला ओढाएर जनही नगद रु २५ हजार एक र सम्मानपत्रले सम्मान गरे ।
विसं २०५८ सालमा पोखरावाट प्र्रकासित जनमत दैनिकवाट पत्रकारिता सुरु गरेका तिमिल्सेनाले समाधान राष्ट्रिय दैनिक, पोखरापत्र राष्ट्रिय दैनिक, हिमचुली एफ एम, विग एफ एम, राष्ट्रिय समाचार समितिमा रहेर समाचार संकलन तथा संपादन गरिसकेका छन भने पोखरामा रहेर गोरखापत्रराष्ट्रिय दैनिकको सह संयोजकको रुपमा काम गरेका छन । पत्रकार तिमिल्सेना नेपाल पत्रकार महासंघको दुई पटक केन्द्रीय सभासद,, कास्की शाखाको नवौं जिल्ला अधिवेसनवाट कोषाध्यक्ष, सचिव हुँदै हाल महाासङ्घका उपाध्यक्ष छन् । गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध छन् । पोखरा ११ फूलबारीका पत्रकार समेत रहेका स्व। भण्डारीको स्मृतिमा उनको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट बर्सेनि एक जर्ना सञ्चारकर्मीलाई पुरस्कृत गरिँदै आइएको छ । अग्रज पत्रकार कोमलनाथ बराल संयोजक, कृष्णप्रसाद बास्तोला र श्यामनाथ कुँवर सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले पत्रकारद्वय तिमिल्सेना र गुरुङलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।
पुरस्कार अर्पण गर्दै समारोहका प्रमुख अतिथि एंव गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले भने, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ ।”
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिए ।
जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सञ्चार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्ने बताए ।अग्रज पत्रकार एवं प्रतिभा छनौट समितिका संयोजक ंकोमलनाथ वरालले पुरस्कृत प्रतिभाको परिचय र पुरस्कार छनौटको प्रक्रियावारे जानकारी गराए । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वद्री विनोद प्रतिकले स्वर्गीय गजेन्द्र भण्डारी निडर र हक्की स्वभावको रहेको स्मरण गर्दै पत्रकारितमा पु¥याएको योगदानको चर्चा गरे । सम्मानीत व्यक्तित्व रामप्रसाद तिमिल्सेनाले सम्मानवाट आगामी दिनमा पत्रकारिताको क्षेत्रमा थप शसक्त भएर पत्रकारिताको मर्म, धर्म र भावनालाई मर्न नदिने गरि निरन्तर पत्रकारितामा लागिपर्ने वताए । अर्का प्रतिभा राम गुरुङले पत्रकारिताको महत्वपुर्ण विधा फोटो पत्रकारिता गर्ने पत्रकारलाई पनि महत्वदिएर पुरस्कृत गरेको खुसी व्यक्त गरे ।
पुरस्कारका सस्थापक एवं सवर्गीय गजेन्द्रका छोरा सन्तोष भण्डारीले दुई क्रियाशिल पत्रकारलाई सम्मान गर्न पाउदा पुरस्कारको गरिमा र महत्व अझ वढ्दै गएको वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष रविन्द्र वास्तोला, महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल, लगाएतले सम्मानीत प्रतिभालाई वधाई तथा शुभकामना व्यक्त गरे ।
महासंघ कासकी शाखाका अध्यक्ष विमला भण्डारििको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जमुना वर्षाले स्वागत गरेकी थिईन भने कार्यक्रमको संचालन सचिव माधव वरालले गरेका थिए ।