प्रमुख समाचार

पोखरामा ३ दिने अनलाईन पत्रकारिता तालिम सञ्चालन गरिने

पोखरा १ वैशाख । अनलाईन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाख २ गते शनिबारबाट अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।तालिमको सम्पुर्ण तयारी पुरा भएको संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने तालिममा अनलाईन पत्रकार संघ गण्डकीका सम्पुर्ण सदस्यहरुलाई अनिवार्य सहभागिताको आगि अनुरोध गरिएको छ भने पोखरामा रहेर अनलाईनमा क्रियाशिल पत्रकारहरुले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष… पुरा पढौ

‘मेरो गाउँ, मेरो ठाउँले निकै गहिरो र व्यापक अर्थ राख्छ’ – केपी शर्मा ओली

भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता पोखरा, १ वैशाख । आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला १ त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला रु नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको… पुरा पढौ

मन्त्री बन्नका लागि सांसद श्रेष्ठले पैसाको डिल गरेर नैतिक संकट निम्त्याए – रास्वपा सभापति लामिछाने

पोखरा, ३० चैत । सांसद ढाकाप्रसाद श्रेष्ठले अमुक व्यक्तिसँग पैसा मागेको अडियो सार्वजनिक हुनासाथ रास्वपा सभापति रवि लामिछानेले​ कारवाही गरेर ऐतिहासिक निर्णय लिएको बताएका छन् ।पार्टी गठन भएको ९ महिनामै ७० वर्ष पुराना पार्टीले भन्दा बढी बार र तगारो बेहोर्नुपरेको उनले बताए ।तनहुँ १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको प्रचार कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै लामिछानेले इमानको राजनीतिलाई कुनै सम्झौता नगर्ने कडी बनाएको दाबी गरेका हुन् ।‘कुनै प्रमाणित कुरा थिएन, जहाँ घुस लेनदेन भएको कही कतै प्रमाणित थिएन, घुसको लेनदेन भएको… पुरा पढौ

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

पोखरा, ३० चैत्र । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रां ं) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका… पुरा पढौ

पोखरा यातायात प्रालिको सहकार्यमा मजदुर प्रशिक्षण कार्यक्रम संचालन

पोखरा, २६ चैत । ट्राफिक नियमवारे सवारी चालकलाई जानकारी नहुँने र जानकारी भएपनि नियम पालना नगर्दा सडक दुर्घटना हुने गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय कास्कीले यातायात मजदुरका लागी एक हप्तासम्म मजदुर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।पोखरा यातायात प्रालिको सहकार्यमा ट्राफिक प्रहरीले संचालन गरेको उक्त कार्यक्रममा प्रालिमा आवद्ध ३ सय ५० वटा वसका चालक र सहचालक गरी सात सय मजदुरहरु प्रशिक्षित भएका छन् ।सवारी चालकले सडक लेनको पालना नगर्दा दुर्घटना हुने गरेकाले प्रशिक्षण पश्चात सडक दुर्घटनामा न्युनिकरण हुने विश्वास जिल्ला… पुरा पढौ

रेडक्रस थप्रेक उपशाखाको एघारौं साधारणसभा सम्पन्न

पोखरा, २५ चैत । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँले एघारौं साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।साधारणसभाले उपशाखाका सचिव ठाकुरप्रसाद खनालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।साधारणसभाको उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी तनहु जिल्ला शाखाका पूर्व कावा सभापति डिल्लीराम अधिकारीले रेडक्रस विपद्मा परेका मानिसहरूको उद्धार गर्ने उद्देश्यका साथ स्थापित विश्वव्यापी संस्था भएको बताउनुभयो ।शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले रेडक्रस जस्तो संस्थालाई राज्यले… पुरा पढौ

गण्डकीका पहाडी भूभागमा आज चट्याङसहित वर्षाको संभावना

पोखरा २५ चैत । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र कोषी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियता प्रति मुख्यमन्त्री सन्तुष्ट

पोखरा २२ चैत्र । गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वरभुमी हो, यो उर्वर भुमीलाई थप उर्वर बनाउन स्थापनाको छोटो समयमानै प्रतिष्ठानले खेलेको भुमिका प्रति सन्तुष्ट छु’ उनले भने । प्रतिष्ठानले एकसाथ आयोजना गरेका पाँचवटा कार्यक्रममा सहभागी बन्दै उनले प्रतिष्ठानलाई थप क्रियाशिल बनाउन आफ्नो… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २२ चैत । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ ।नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको… पुरा पढौ

अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न

पोखरा १८ चैत । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो ।उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि… पुरा पढौ