
पोखरा १ वैशाख । अनलाईन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाख २ गते शनिबारबाट अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।
तालिमको सम्पुर्ण तयारी पुरा भएको संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने तालिममा अनलाईन पत्रकार संघ गण्डकीका सम्पुर्ण सदस्यहरुलाई अनिवार्य सहभागिताको आगि अनुरोध गरिएको छ भने पोखरामा रहेर अनलाईनमा क्रियाशिल पत्रकारहरुले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष गणेश बरालले जानकारी दिनुभयो ।
तालिममा प्रेस काउन्सील नेपालबाट पत्रकार आचारसंहिताका सम्बन्धमा रामशरण बोहोरा, तथ्य जाँच र अनलाईन पत्रकारिताका विषयमा दिपक अधिकारी(काठ्माण्डौ), कण्टेण्ट राइटिङका विषयमा भरत कोइराला र डिजिटल जर्नालिजमका विषयमा केशवशरण लामिछानेका छुट्टाछुट्टै सेसनहरु सञ्चालन हुनेछन् ।







