पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण

-


     गण्डकी बहस     
     असाेज २ गते २०७९ मा प्रकाशित


पोखरा, २ असोज । पोखरामा वसोवास गर्दै आएका किराँत लिम्वुहरुको मातृभाषा संरक्षण गर्ने उद्धेश्यले शनिवार पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
किरांत याक्थुङ चुम्लुङ,पोखरको सहकार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा २७ जना प्रशिक्षार्थी सहभागि भएका थिए । कार्यक्रम भाद्र ४ गते देखी २८ गतेसम्म संचालन गरिएको थियो । प्रशिक्षार्थीहरुलाई किरात भाषाका विज्ञ दिनेश लिम्वु र संजय लिम्वुले प्रशिक्षण दिनुभएको थियो ।
किरांत याक्थुङ चुम्लुङ पोखराका अध्यक्ष धनवहादुर लिम्वुको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका –सह–प्रध्यापक कृष्ण प्रसाद पौडेलले राज्यले दिएको अधिकारलाई उपयोग गर्दै थप उपलब्धीका निम्त आफ्नो भाषा साहित्य संरक्षण र अध्ययनमा ध्यान दिन आवश्यक रहेको वताउनु भयो ।
विशेष अतिथि रहनु भएका लेखक विपिन आचार्यले लिम्बू जातिहरूको प्राचिनकाल देखिको भाषा संस्कार सस्कृती रितिरिवाज रक्षा गर्न हरेक लिम्बू जातिहरूको पुस्ता सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षक दिनेश लिम्बूले लिम्बू भाषा पहिचान संरक्षणका निम्त अझैपनि संघर्ष गर्नुपरेको वताउनुभयो । अतिथि बम बहादुर कार्कीले किरातजातीको पहिचानको पक्षमा जोड्दिनु भयो ।
कार्यक्रममा संजीव सुब्बा,मंगल लिम्बू, बाल कुमार खवास,गुणराज बास्तोला,अशोक राई लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन लक्ष्मी प्रसाद लिम्बूले गर्नुभएको थियो ।