
पोखरा, २ जेठ । पोखराको महानगरपालिकाको प्रमुख पदका लागी गठवन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर वढाउदै लगेका छन् । ९९९३ मतको मतपरिणाम सार्वजानिक हुँदा गठबन्धका उम्मेदवार धनराज आचार्यले कलम चिन्हवाट ४०४१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । आचार्यका प्रतिद्वन्दी नेकपा एमालेका उमेद्धवार कृष्ण थापाले सुयै चिन्हवाट ३६५७ मत पाएका छन् । उपमेयरमा भने गठबन्धनकी उम्मेदबार कोपिला रानाभाटलाई पछि पार्दै नेकपा(एमाले) की उम्मेदबार मञ्जुदेवी गुरुङ अगाडि रहेकी छिन् । गुरुङले ४१५१ मत प्राप्त गर्दा रानभाटले भने ४१११ मत पाएकी छन् । अहिले महानगरका १ र २ नं वडाको नतिजा सार्वजनीक भईसकेको छ भने वडा नं १२, २३, २४ र २५ नं वडाको मतगणना भईरहेको छ ।







