पोखरा महानगरपालिकाको लेखा समिति संयोजकमा झपट

-


     गण्डकी बहस     
     असार २६ गते २०७९ मा प्रकाशित


पोखरा, २६ असार । पोखरा महानगरपालिकाको सार्वजनीक लेखा समितिको संयोजकमा झपट रानाभाट नियुक्त भएका छन् ।
महानगरपालिकाको स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम पोखरा महानगरको ११ औं नगरसभाले रानाभाटलाई लेखा समितिको संयोजकमा नियुक्त गरेको हो ।
पोखरा महानगरपालिका वडा नं २१ निवासी झपट करिव तिन दशक अघि देखी राजनीतिमा सक्रिय रहदै आएका छन् । हाल उनी नेकपा एमाले कास्कीको जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख रहेका छन् । यस अघि उनले जिल्ला समन्वय समिति कास्कीको निर्वाचनमा प्रमुख पदका लागी आफ्नो दावी प्रस्तुत गरेका थिए ।
लेखा समिति संयोजकमा आँफु नियुक्त भएपछि संयोजक रानाभाटले अवको पाँच वर्ष आफ्नो सम्पुर्ण समय महानगरपालिकाको विकास निर्माणमा खर्च गर्ने वताए ।