कास्की

पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण

पोखरा, २ असोज । पोखरामा वसोवास गर्दै आएका किराँत लिम्वुहरुको मातृभाषा संरक्षण गर्ने उद्धेश्यले शनिवार पोखरामा लिम्वु मातृलिपि लेखन र मुन्धम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।किरांत याक्थुङ चुम्लुङ,पोखरको सहकार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा २७ जना प्रशिक्षार्थी सहभागि भएका थिए । कार्यक्रम भाद्र ४ गते देखी २८ गतेसम्म संचालन गरिएको थियो । प्रशिक्षार्थीहरुलाई किरात भाषाका विज्ञ दिनेश लिम्वु र संजय लिम्वुले प्रशिक्षण दिनुभएको थियो ।किरांत याक्थुङ चुम्लुङ पोखराका अध्यक्ष धनवहादुर लिम्वुको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहभागिहरुलाई… पुरा पढौ

पुर्वेली एकता समााजको भवन उद्घाटन र रक्तदान

पोखरा, ८ साउन । पुर्वेली एकता समाज पोखराले आज देृखी विधिवत रुपमा आफ्नो कार्यालय स्थापना गरेको छ । पोखरा महानगरपालिकाको वडा नं ९ मा सटर भाडाामा लिएर कार्यालय संचालनमा ल्याएको हो । पुर्ववाट आएर पोखरामा वसोवास गर्दै आएकाहरुको छाता सस्थाको रुपमा रहेको पुर्वेली समााजले कार्यालय उद्घाटन सँगै आज रक्तदान कार्यक्रमको आयोजना ग¥यो । समाजले पुर्ववाट आएर पोखरामा विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएकाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक सहयोग गर्दै आएको छ ।कार्यालयको उद्घाटन एवं रक्तदान कार्यक्रमको शुभारम्भ पश्चिमाञ्चल खेलकुद… पुरा पढौ

व्यापार प्रवर्दनका लागि वुद्ध विशाल वजार पोखराद्वारा उपहार कार्यक्रम संचालनमा

पोखरा,२९ असार । व्यवसायीक हकहितका लागि स्थापित बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी ल्याईएको उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुने एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने जानकारी दिए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमीका अवसरमा भजनचुड्का प्रतियोगिता हुने

पोखरा, २८ असार । राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२, लामेआहालले आगामी भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भजनचुड्का प्रतियोगिता गर्ने भएको छ ।प्राचीन संस्कृतिको जगेर्नामा कृयाशिल समूहले वर्षेनी उक्त प्रतियोगिता गर्दै आएकोमा विगत दुई वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता संचालन हुन सकेको थिएन । प्रतियोगिता संचालन गर्नविश्वभुषण खनालको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिको सह संयोजकद्वयमा झलक थापा र गणेशबहादुर थापा रहेका छन । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । सल्लाहकार… पुरा पढौ

गण्डकी रत्न सम्मानवाट महावीर पुन विभूषित

पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान… पुरा पढौ

पोखरा महानगरपालिकाको लेखा समिति संयोजकमा झपट

पोखरा, २६ असार । पोखरा महानगरपालिकाको सार्वजनीक लेखा समितिको संयोजकमा झपट रानाभाट नियुक्त भएका छन् ।महानगरपालिकाको स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम पोखरा महानगरको ११ औं नगरसभाले रानाभाटलाई लेखा समितिको संयोजकमा नियुक्त गरेको हो ।पोखरा महानगरपालिका वडा नं २१ निवासी झपट करिव तिन दशक अघि देखी राजनीतिमा सक्रिय रहदै आएका छन् । हाल उनी नेकपा एमाले कास्कीको जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख रहेका छन् । यस अघि उनले जिल्ला समन्वय समिति कास्कीको निर्वाचनमा प्रमुख पदका लागी आफ्नो दावी… पुरा पढौ

लायन्स क्लब पेन्गुईनले गर्यो किसानलाई फलफूल तथा डाले घाँसका बिरुवा निशुल्क बितरण

पोखरा २६ असार । लायन्स क्लब अफ पोखरा पेन्गुईनले एक कार्यक्रमका वीच पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा निशुल्क उपलव्ध गराएको छ । कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस , तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कसैको ध्यान नपुगेको यस क्षेत्रमा लायन्स क्लब आएर… पुरा पढौ

पोखरा महानगरको प्रमुखमा नेकपा एकिकृत समाजवादी धनराज आचार्य र उपप्रमखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी

पोखरा, । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुख पदमा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए ।उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।पोखरा महानगरमा कुन वडामा कसले जिते तलको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर निर्वाचित

पोखरा , २ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यराती सम्पन्न मतपरिणाम अनुसार उनले आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रमले ५ हजार ५१५ प्राप्त गरे । यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार… पुरा पढौ

पोखरा– १मा एमालेको विरासत कायमै, अध्यक्षमा सहारा विजयी

पोखरा, २ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले आफ्नो विरासत कायमै राखेको छ । आज विहान सम्पन्न मतगणनामा नेकपा एमालेका सहारा प्रधान आफ्ना निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै वडाध्यक्षमा बिजयी भएका हुन् । बिजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् । वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएका छन् ।… पुरा पढौ