कास्की

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

पोखरा, २१ बैशाख । कास्कीको रुपा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखसहितको टोली यतिबेला चुनावी घरदैलोमा व्यस्त छ । घरदैलोको क्रममा मंगलबार गाउँपालिका प्रमुखको उम्मेदवार गीमाया गुरुङ र उपप्रमुख नारायणकुमार श्रेष्ठसहितको टोली रुपा २ स्थित थुम्की पुग्यो । थुम्कीको दलित वस्तीमा पुगेर घरदैलो कार्यक्रममा आफ्नो पक्षमा मत मागेको नेपाली काँग्रेसको टोलीले त्यहाँका मतदाताहरुको समस्या र गुनासाहरु पनि सुने । थुम्कीका दलित वस्तीका मतदाताहरुले समुदाय केन्द्रित काम गर्न सुझाव दिँदै यो पटक काँग्रेसले महिलालाई गाउँपालिकाको प्रमुखको रुपमा अगाडि… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश

पोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८… पुरा पढौ

पोखरा ६ मा नेकपा एमालेको चुनावी सरगर्मी

पोखरा, १९ वैशाख ।पोखरा महानगरपालिका वडा नम्बर ६ मा आजबाट नेकपा एमालेको चुनावी माहोल तातेको देखिन्छ । बिहान ६ बजेबाट पार्टी कार्यकर्ता तथा उमेद्वारका प्रत्यासी चुनावी प्रचार–प्रसार कार्यका लागि घरदैलो कार्यक्रममा व्यस्त भए । आज बिहान ६ नम्बर वडाको अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा पुगेर सम्पन्न भएको थियो । आजै ११ बजेबाट दिउँसो २ बजेसम्म अनेम संघ पोखरा महानगर वडा नम्बर ६ ले चुनाव सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा एमालेबाट वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले… पुरा पढौ

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने

पोखरा, १९ वैशाख ।नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा ५ वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उमेद्वार छन् ।सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ ।… पुरा पढौ

सत्ता गठवन्धनले निर्वाचन जितिसकेको मेयरका उम्मेदवार आचार्यको दावी

पोखरा १९ वैशाख । स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन… पुरा पढौ

रुपाका जनताको घरदैलोमा मत माग्दै एमालेका उमेद्वार

पोखरा, १८ वैशाख ।नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । रुपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार नवराज ओझाले जानकारी दिएका छन् । आइतबार अध्यक्ष उमेद्वार ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतमसहितको टोलीले वडा नं ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदलौ गरेका छन् ।अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपमा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा… पुरा पढौ

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छु ः गठबन्धनका उम्मेदवार आचार्य

पोखरा, १८ बैशाख पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् । पोखरा बनाउन चार कुरा चाहिन्छ,उनले भने,‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उनले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले थपे,‘सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै… पुरा पढौ

लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याइन्छः थापा

लेखनाथ, वैशाख १८ ।पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख सहितका उम्मेदवारसहित नेकपा एमालेले पोखरा महानगरपालिकाको वडा नं. २७ मा आइतबार चुनावी सभा सम्पन्न गरेको छ ।सभालाई सम्वोधन गर्दै नेकपा एमाले पोखरा महानगरका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले निर्वाचनमा गरिएका प्रतिवद्धता अक्षरस पालन गर्ने बताएका छन् । थापाले व्यक्तिगत सुविधा र सुःखका लागि एमालेका उमेद्वारले चुनाव नलडेको भन्दै, ५ वर्षको समय खटेर जनताको काम गर्ने उल्लेख गरे थिए ।मेयरका प्रत्यासी थापाले प्रतिवद्धता पत्रमा साविक लेखनाथको विकासका लागि राम्रो योजना बनाइएको उल्लेख गर्दै पोखरा र… पुरा पढौ

पोखराको सराङ्कोटमा पुर्व जनप्रतिधी र काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश

पोखरा १८ वैशाख । पोखरा महानगरपालिका वडा नं १८ हरे डाडाँका पुर्व स्थानिय जनप्रतिधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । २०४९ सालकी स्थानीय जनप्रतिनीधी लक्ष्मी नेपाली र सोही वडाको जनमैत्री टोल ईकाई सभापति गणेश तिमिल्सेना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार राजु तिमिल्सेनाले टिका लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेस पछि वोल्दै पुर्व जनप्रतिनिधि नेपालीले माओवादी केन्द्रले मात्र दलितको अधिकार र जताको अधिकार दिलाउन सक्ने बताइन । पोखरा १८… पुरा पढौ

अटेरी अभियानका पौडेलले दिए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

पोखरा ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका छन् । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक दलप्रतिको वितृष्णा र दलीय गठवन्धनको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । आँफूहरुले अघिसारेको योजना पोखरेली मतदाताले मन पराएकाले आप्mनो जित सुनिश्चित भएको उनले वताए । त्रिपक्षीय मत बाडीने हुनाले… पुरा पढौ