पोखरा, १९ वैशाख ।
पोखरा महानगरपालिका वडा नम्बर ६ मा आजबाट नेकपा एमालेको चुनावी माहोल तातेको देखिन्छ । बिहान ६ बजेबाट पार्टी कार्यकर्ता तथा उमेद्वारका प्रत्यासी चुनावी प्रचार–प्रसार कार्यका लागि घरदैलो कार्यक्रममा व्यस्त भए । आज बिहान ६ नम्बर वडाको अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा पुगेर सम्पन्न भएको थियो । आजै ११ बजेबाट दिउँसो २ बजेसम्म अनेम संघ पोखरा महानगर वडा नम्बर ६ ले चुनाव सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा एमालेबाट वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचन एमालेले जित्ने दावी गरेका छन् ।
त्यसका साथै पार्टीको तर्फबाट सदस्यकी प्रत्यासी जमुना पराजुली पहारी, दलित महिला सदस्यको प्रत्यासी राममाया विश्वकर्मा, पार्टीका वडा अध्यक्ष बलराम पहारी, वडाका उपसचिव गुरुप्रसाद त्रिपाठी साथै पार्टीका जिल्ला सदस्य कृष्ण न्यौपानेले आ–आफ्नो भनाई व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन एमालेकी वडा सचिव उमा भण्डारीले गरेकी थिइन् ।







