कास्की

पोखरा महानगरको मेयरका लागी एमालेवाट १२ जना आकांक्षी

पोखरा ३० चैत । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेवाट १२ जनाले आकांक्षा देखाएका छन् । एमाले पोखरा महानगर कमिटिले मंगलबार बसेकोे बैठकमा पोखरा महानगरपालिकाका मेयर र उपमेयरको नाम संकलन गरेको थियो । गण्डकी प्रदेश सांसददेखी वडा अध्यक्षसम्म १२ जनाले मयेरका लागि नाम दर्ता गराएका हुन् । तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् ।मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा सुनिल

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए ।२५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । यस्तै, सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् । गोबिन्द पौडेल संयोजक र गीताकुमारी… पुरा पढौ

लेखनाथ महोत्सवमा एक लाख ४० हजार दर्शकद्धारा अवलोकन

लेखनाथ उद्योग वाणिज्य संघ द्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म एक लाख ४० हजार दर्शकहरुले अवलोकन गरेको र ३ करोड ९० लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।शुक्रवार मात्रै १३ हजार भन्दा वढि दर्शकहरुले महोत्सवको अवलोकन गरेको र ३५ लाख बराबरको कारोबार भएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिएका छन् । महोत्सवको नवौं दिन शुक्रबार लोक दोहोरी गायकहरु अर्जुन सापकोटा, सम्झना लामिछाने मगर, घनश्याम रिजाल, पार्वती जिसी, वसन्त वि.क., पारु गुरुङ्ग, माया केसी,… पुरा पढौ

सम्वृद्धी शहकारीको स्थापना दिवसमा विद्यालयलाई स्टेशनरी र डस्टवीन वितरण

पोखरा, ३ फागुन । सम्वृद्धी वचत तथा ऋण शहकारी सस्था लिमिटेडले पोखरा २७ अर्चलेमा रहेको कविशिरोमणी लेखनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, स्टेसनरी सामाग्री वितरण गरेको छ ।शहरकारीले आफ्नो सातौ वार्षिकोत्वको अवसरमा विहिवार एक समारोहको आयोजना गरी विद्यालयमा उक्त सामाग्रीका साथै कविशिरोमणी लेखनाथ जन्मस्थल विकास समितिलाई डष्टविन वितरण गरेको हो ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विद्यार्थीलाई उक्त सामाग्री प्रदान गर्दै कविशिरोमणी लेखनाथ पौडेलको सम्मानमा जन्मस्थलको विकासका लागी लेखनाथ उद्योग वाणिज्य संघ सधै लागिरहने वताए । उनलेनेपाल उद्योग वाणिज्य महासंघका… पुरा पढौ

मुक्तक मञ्चमा आचार्य निर्वाचित

पोखरा, २९ फागुन । मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा पोखराका रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् । मुक्तक मञ्चको आर्ठौ अधिवेशन एवं १४ औं साधारण सभावाट अध्यक्ष पदका लागी सर्वसम्मत रुपमा चयन भएका हुन् ।मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह-सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका छन्… पुरा पढौ

गण्डकीका कानून मन्त्री थापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर

पोखरा, २९ फागुन ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । मन्त्री… पुरा पढौ

पोखरामा बेहुला चढेको कार दुर्घटना

पोखरा, २२ माघ/  पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा शनिबार बिहान बेहुला चढेको कार दुर्घटनामा परेको छ । ग२च ३११७ नम्बरको जीपले ग२च ८५५२ नम्बरको कारलाई ठक्कर दिंदा दुर्घटना भएको हो । कारमा दुहली लिन जाँदै गरेका स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का बेहुला दीपक खत्री लगायत सवार थिए । उनी बेहुली लिन गैंडाकोट जाँदै थिए । दुर्घटनामा कार र जिपमा सवार सबैलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर… पुरा पढौ

पोखरामा १ किलो सुनसहित युवक पक्राउ

पोखरा, १६ माघ/ कास्की प्रहरीले १ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले एक किलो आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए । काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेको तिवारीले जानकारी दिए ।… पुरा पढौ

पोखरामा श्रीकृष्ण ज्वेलरी संचालन

पोखरा, १४ माघ/ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा संचालनमा ल्याएका हुन् । विगत २६ बर्ष देखि सुन चाँदी व्यवसायीमा जोडिएका घिमिरे १३ बर्ष अर्कोको पसलमा सेल्समेनको रुपमा काम गरेको अनुभव सम्हाले घिमिरे १२ बर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल संचालन गरे पनि अब… पुरा पढौ

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा, १० माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि अर्को सुचना नआए सम्मका लागि सेवा बन्द गरेको जनाएको छ । यसअघि… पुरा पढौ