कास्की

पोखराको वडा नं दुईमा कांग्रेसको प्यानल नै विजयी

पोखरा,२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सोमवार विहान सम्पन्न मतगणनामा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गले आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् । प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने शाहले ६६१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन्… पुरा पढौ

एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

पोखरा, २३ बैशाख । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो ।हातहातमा नमूना मतपत्र लिएर मतदाताको घरदैलोमा पुगेका एमाले कार्यकर्ताले मतदाता परिचयपत्र लिएर केन्द्रमा जान र स्वस्तिक छाप लगाउने तरिका सिकाउदै ढुक्कसंग मतदान गर्न अनुरोध गरिएको एमाले पोखरा २८ का वडाअध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङले जानकारी दिनुभयो ।घरदैलो कार्यक्रमका क्रममा साविक… पुरा पढौ

अरुले धारो दिए, हामी पानी दिन्छौँ ः गठबन्धनका उम्मेदवार

पोखरा २८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने ।पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी… पुरा पढौ

सिक्लेसीमाझ एमाले उम्मेद्वारको वाचाः तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ

वैशाख २३ पोखरा । कास्कीको मादी गाउँपालिकामै धेरै जनसंख्या भएको गाउँ हो, सिक्लेस । मतदाताको हिसाबले गाउँकै ठूलो वडा मादी १ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा दलहरु चुनाव केन्द्रीत गतिविधिमा व्यस्त छन् ।आफ्ना प्रतिबद्धता सुनाउन नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)र उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङसहितको टिम बिहीबार २२ सय हारहारी मतदाता रहेको मादी–१ पुगेको छ । उनीहरुले बिहीबार मादी १ सिक्लेस र खिलुङमा चुनावी सभा गरेका छन् ।सिक्लेसमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष उम्मेद्वार महेन्द्रले अहिलेभन्दा तीन… पुरा पढौ

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

पोखरा, २२ वैशाख । पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहुँदै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गर्नुभयो । पोखरा बारे चासो राख्ने, अध्ययन,… पुरा पढौ

माछापुच्छ्रे माओवादी केन्द्रको चुनावी अभियान ः सेवा लिन कार्यालय पुग्दा अहिलेजस्तो अपमानित हुनु पर्दैन ः उम्मेदवार अधिकारी

पोखरा,२१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने… पुरा पढौ

जनताको अवस्था बदल्न माओवादीलाई भोट दिनूस् ः नेता करण

पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले… पुरा पढौ

माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

पोखरा, २१ बैशाख । कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार,… पुरा पढौ

गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा

पोखरा, २१ वैशाख ।गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् ।पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि… पुरा पढौ

महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

पोखरा, २१ वैशाख ।पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए । सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित… पुरा पढौ