पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो ।
माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले पटकपटक अवसर पाएपनि न विकास गरे नत समृद्धि ल्याउन सके, अब विकास र समृद्धिका लागिपनि माओवादीलाई भोट दिनूस्’–उनले भने । उनले एमालेलाई भोट दिनु भनेको नेपाललाई थप पछाडि धकेल्नु भएकोपनि आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र))बाट पोखरा महागनरपालिका–१ का वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारीले वडावासीलाई स्थानीय सरकारले अनुभुति गराउने बताएका छन् । चुनावी घरदैलोका क्रममा उहाँले विजयी भएपछि वडाको सेवालाई जनमैत्री बनाइने प्रतिवद्धता जनाउँदै मत मागे ।
वडालाई स्मार्ट वाडको रुपमा विकास गर्न र समृद्ध वडा बनाउने अभियानमा माओवादी (केन्द्र)को विकल्प नरहेकामा जोड दिए । वडा न.१ मा विकासको काम बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा ,भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार ,स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्नको लागि प्रतिवद्धता जनाउँदै उनले गोलाकार धेराभित्र रहेको हसियाँ हतौडा चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजयी गराउन आग्रह गरे । माओवादी केन्द्रले सो वडामा अध्यक्षमा अधिकारी र महिला सदस्यमा मीना कोइराल, दलित महिला सदस्य कल्पना दमाईं, खुला सदस्य रुद्रप्रसाद लुइटेल र धनबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।







