माछापुच्छ्रे माओवादी केन्द्रको चुनावी अभियान ः सेवा लिन कार्यालय पुग्दा अहिलेजस्तो अपमानित हुनु पर्दैन ः उम्मेदवार अधिकारी

-


     गण्डकी बहस     
     वैशाख २१ गते २०७९ मा प्रकाशित


पोखरा,२१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।
माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।
माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।
घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने बताइन् । उनले भनिन्,“ निर्वाचित जनप्रतिनिधिले जनतालाई सहज सेवा प्रवाह नगर्ने र कतिपय अवस्थामा अपमानित समेत हुनुपरेको गुनासा बढी छन् । हामीले जनतालाई सम्मानपूर्वक सेवा दिने छौँ ।”
उपाध्यक्षका प्रत्याशी अधिकारीले सबै वडामा समानुपातिक बजेट विनियोजन गरिने र दलित, महिला र युवाका लागि विशेष योजना ल्याउने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य आसमान रोकाले परिर्वतनको संवाहक माओवादी केन्द्रको नेतृत्व स्थानीय तहमा स्थापित हुँदा मात्र जनताका अपेक्षा पूरा हुने बताए । उनले माओवादीको बलिदानीपूर्ण संघर्षका उपज स्थानीय तहको स्थापना रहेको उल्लेख गरे । कार्यक्रममा गाउँ कमिटीका उपाध्यक्ष गोपाल पोखरेलले माछापुच्छ्रेको समृद्धि र विकासका लागि माओवादी उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
घट्टेखोला खानी गाउँ सडक कालोपत्रेका लागि पहल गछौँ
यसैबीच माछापुच्छ«े–७ का माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार बैकुण्ठ भण्डारीले वडाका लेककुना, लालटिन बजार, हिशशिखर टोलमा मंगलबार घरदैलो गरेका छन् । अध्यक्षका उम्मेदवार भण्डारीले सांकृतिक कार्यक्रम सहित घरदैलो गर्दै पर्यटकीय गन्तव्य धम्पुसको थप प्रवद्र्धन र विकास आफ्नो योजना रहेको बताए ।
भण्डारीले धम्पुस प्रवेशको मुख्य सडक घट्टेखोला–देउराली सडक कालोपत्रेका लागि पहल गर्ने र वडाका कच्ची सडकहरुलाई वर्खामा पनि यातायात सञ्चालन हुने व्यवस्था मिलाइने प्रतिवद्धता जनाए ।
वडा नं ३२ मा शहीदप्रति श्रद्धाञ्जली र घरदैलो
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)) पोखरा–३२ ले सुरु गरेको निर्वाचन लक्षित घरदैलो कार्यक्रममा जनसहभागिता बढिरहेको छ । स्थानीय तह निर्वाचनमा एकल उम्मेदवारी दिएको माओवादीले केही दिनदेखी सो वडामा निरन्तर घरदैलो गरेर भोट मागिरहेको छ ।
मंगलबार तालखोलाबाट सुरु भएको घरदैलोमा जनयुद्धका क्रममा शहीद भएका छोटेलाल चौधरीको स्मरणमा देउराली फेदीमा श्रद्धाञ्जली कार्यक्रम आयोजनारी शहीदप्रति सम्मान व्यक्त गरिएको थियो । तालखोला, कपुजे, मालेपाटन, ढोरवेशी, देउराली फेदी हुँदै आँपुखोलासम्म घरदैलो गरिएको थियो ।
सो वडामा माओवादी केन्द्रले वडाध्यक्षमा भवानी पौडेललाई उम्मेदवार बनाएको छ । खुला सदस्यमा अर्जुन मल्ल र गोकुल विक, महिला सदस्य गंगा पौडेल र दलित महिला सदस्य बसन्ती विक रहेको वडा कमिटीका अध्यक्ष यज्ञप्रसाद अधिकारीले जानकारी दिए ।
‘खानेपानी, सडक र सिंचाईलगायतको विकासका लागि माओवादीलाई भोट’
पोखरा–२८ का माओवादी केन्द्रका उम्मेदवारले खानेपानी, सडक र सिँचाई लगायतका पूर्वाधार विकासका लागि माओवादीलाई मत दिन आग्रह गरेका छन् । चुनावी अभियानमा होमिएको माओवादीका उम्मेदवारले महानगरका अन्य वडाहरुभन्दा विकासमा पछि परेको वडा नं २८ को विकासका लागि एक पटक माओवादीलाई जिताउन आग्रह गरे ।
बेत्यानीबाट घरदैलो सुरु गरेको उम्मेदवारले नौरुङ, डाडाँगाउँ, सौर्य बजार, लामिछाने गाउँव र थापा गाउँमा पार्टीलाई जिताउन आग्रह गर्दै मत मागे माओवादी केन्द्रले वडाध्यक्षमा श्यामबहादुर केसी, खुला सदस्यमा यज्ञप्रसाद तिवारी, पुष्पराज त्रिपाठी, महिला सदस्य गंगादेवी ओझा भुर्तेल र दलित महिला सदस्यमा सुकुमाया नेपाली उम्मेदवार बनाएको छ ।

अन्नपूर्णमा माओवादीको चुनावी सरगर्मी बढ्दै
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेपाल कम्युनिष्ट्र पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ ।
त्यस क्रममा सुरुका दिनहरुको तुलनामा नेता, कार्यकर्ता तथा जनसहभागि पनि बढ्दै गएको छ ।सयौंको सहभागितामा आज मंगलवार स्थानीय मराउँचे, ठूलाचौर, सेराचौर लगायतका स्थानमा घरदैलो गरिएको हो ।
घरदैलोका क्रममा जनताले परिवर्तनको संवाहक पार्टी माओवादी भएको भन्दै गोलाकार भित्रको हसियाँ हैथौडामा मत दिने प्रतिबद्धता जनाए ।
यस्तै माओवादीले भोली बुधवार पाउँदुर, काँडे, गोलडाँडा, लक्ष्मीदेउराली, रयाले लगायत भदौरे र सल्यानमा चुनावी अभियान सम्पन्न गर्ने पनि जनाएको छ ।