कास्की

पोखरा यातायात प्रालिको सहकार्यमा मजदुर प्रशिक्षण कार्यक्रम संचालन

पोखरा, २६ चैत । ट्राफिक नियमवारे सवारी चालकलाई जानकारी नहुँने र जानकारी भएपनि नियम पालना नगर्दा सडक दुर्घटना हुने गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय कास्कीले यातायात मजदुरका लागी एक हप्तासम्म मजदुर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।पोखरा यातायात प्रालिको सहकार्यमा ट्राफिक प्रहरीले संचालन गरेको उक्त कार्यक्रममा प्रालिमा आवद्ध ३ सय ५० वटा वसका चालक र सहचालक गरी सात सय मजदुरहरु प्रशिक्षित भएका छन् ।सवारी चालकले सडक लेनको पालना नगर्दा दुर्घटना हुने गरेकाले प्रशिक्षण पश्चात सडक दुर्घटनामा न्युनिकरण हुने विश्वास जिल्ला… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २२ चैत । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ ।नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको… पुरा पढौ

भारतिय सेना इन्टर बटालियन भलिबलको उपाधि ५–३ जिआरले उचाल्योे

पोखरा १८ चैत । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि ५–३ जिआरले उचालेको छ । भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५र३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको ३र९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ । सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३÷९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो… पुरा पढौ

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा हेमजामा सरसफाई

पोखरा १८ चैत । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ ।११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी… पुरा पढौ

मुख्यमन्त्रीले विश्वासको मत पाउने÷नपाउने हाउस खुलेपछि थाहा हुन्छ – कानूनमन्त्री गाहामगर

केन्द्रीय राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पनि देखियो । गण्डकी प्रदेशमा दुईवटा मन्त्रालय लिएर प्रदेश सरकारमा समाहित भएको नेकपा माओवादी केन्द्रले नेकपा एमाले (खगराज अधिकारी) नेतृत्वलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । सोही सन्दर्भमा रहेर गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापासँग गण्डकी वहसले गरेको कुराकानीको संक्षिप्त अंशःगण्डकी वहस ः नेकपा एमाले नेतृत्वको यो सरकारले हनिमुन पनि मनाउन पाएननी… पुरा पढौ

सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला

पोखरा, १७ चैत । ६६ आँै राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरा महानगरपालिका सहकारी शाखाले शनिवार “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” विषयक कार्यशाला गोष्ठीका आयोजना गर्यो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले हाल सहकारीमा देखिएको छाडातन्त्रले सदस्यको विश्वास गुम्दै जाने खतरालाई कम गर्न समय–समयमा सदस्यसँग अन्तरकृया तथा छलफल गर्नुपर्नेे बताए ।सदस्यलाईबढी व्याजको प्रलोभन देखाएर खराव नियत भएका व्यत्तिले सहकारी सञ्चालन गर्र्दा ठगिने गरेको बताउँदै उनले त्यसो हुन नदिनका लागी सहकारी सञ्चालक, कर्मचारी र स्वयम् शेयर सदस्य निकै चनाखो… पुरा पढौ

पार्किङ व्यवस्थापन जित र हारको विषय होइन ः प्रमुख आचार्य

पोखरा, २४ माघ ।पोखराको मुख्य बजार क्षेत्रपृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँँदै पृथ्वीचोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँगछलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दरबनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो ।‘पोखराको मुख्य क्षेत्रबाट सार्न सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराअन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सधैं सुन्दर हुनैपर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो ।सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङकोविकल्पका… पुरा पढौ

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् – प्रमुख आचार्य

पोखरा, २३ माघ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए… पुरा पढौ

प्रदेस सभा सदस्यमा एमाले नेता अधिकारीको उम्मेदवारी

पोखरा, २३ असोज । नेकपा एमालेका नेता एवं पुर्वगृहमन्त्री खखगराज अधिकारीले मंसिर ४ गते हुने निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।यस अघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले यसपटक भने प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका हुन् । उनले कास्की क्षेत्र नं १को १ वाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।नेता अधिकारीको प्रस्तावकमा टीकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अधिकारीलाई एमालेले अगाडी वढाएपछि उनले प्रदेस सभाका लागी उम्मेदवारी दिएका हुन्… पुरा पढौ

समाजलाई पुर्नताजकी गर्न मौलिकतामा आधारित नेपाली पर्वहरूको भूमिका महत्त्वपूर्ण छ – प्रमुख आचार्य

पोखरा, १५ असोज ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उहाँले बताउनुभयो… पुरा पढौ